सिरहामा जथाभावी पार्किङ रोक्न ट्राफिकले चलायो ह्विल लक अभियान
न्यूज ब्यूरो, सिरहा । सिरहामा जथाभावी पार्किङ गर्ने सवारीसाधनमा ट्राफिक प्रहरीले ह्विल लक लगाउने अभियान सुरु गरेको छ । ट्राफिक प्रहरीले सिरहाको विभिन्न बजार क्षेत्रमा नो पार्किङमा राखिने चारचक्केभन्दा माथिको सवारीसाधनमा ह्विल लक लगाउने अभियान चलाएको हो । जथाभावी पार्किङले बजार क्षेत्रमा ट्राफिक समस्

२०७६ माघ १४ मंगलबार, बेलुकी ६:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा जथाभावी पार्किङ गर्ने सवारीसाधनमा ट्राफिक प्रहरीले ह्विल लक लगाउने अभियान सुरु गरेको छ ।
ट्राफिक प्रहरीले सिरहाको विभिन्न बजार क्षेत्रमा नो पार्किङमा राखिने चारचक्केभन्दा माथिको सवारीसाधनमा ह्विल लक लगाउने अभियान चलाएको हो । जथाभावी पार्किङले बजार क्षेत्रमा ट्राफिक समस्या सृजना हुने गरेकाले ह्विल लक लगाउने अयिभान थालेको जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रमुख खगेन्द्र एक्टेनका अुनसार, सिरहाले पूर्व पश्चिम राजमार्गको लहान, मिर्चैया, बन्दिपुर, गोलबजार लगायतको बजार एरियामा नो पार्किङमा पार्किङ गरेको सवारीमा ह्विल लक लगाउने र ट्राफिक नियम बमोजिम जरिवाना भराउने अभियान थालेको जनाएको छ ।
ट्राफिक व्यवस्थापन गर्न विस्तारै जिल्ला भरि यो अभियान थाल्ने योजना रहेको ट्राफिक प्रहरी प्रमुख एक्टेनले जानकारी दिए । ट्राफिक प्रहरीले यो अभियान चलाएपछि सहर बजारमा ट्राफिक जामको समस्या अन्त्य हुने विश्वास गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…