बलिदानी दिवसमा राजपा र समाजवादीको एकता
यसअघि राजपा र समाजवादी बीच पटक पटक एकीकरण हुने भनिएपनि विफल भएको हो ।
२०७६ माघ ५ आइतबार, बिहान ९:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, कपिलवस्तु । मधेशको वीर शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एक भएर मनाउने भएको छ ।
प्रदेश नं. ५ को १२ वटा जिल्लाहरुमा समाजवादी पार्टी र राजपा मिलेर बलिदानी दिवस सँयुक्त रुपमा मनाउने भएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार दुवै पार्टीका नेता तथा कार्यकर्ताहरुले शहिदहरुको सम्झनामा सँयुक्त रुपमा बलिदानी दिवस मनाउने निर्णय गरेको हो । आज (आईतबार) प्रदेश नं. ५ को १२ जिल्लामा सँयुक्त बलिदानी दिवस आयोजना गरिएको हो ।
प्रदेश न ५ को सबै जिल्लाको सदरमुकाममा आज (माघ ५ गते) बलिदानी दिवस दिप प्रज्वलन गरेर मनाउने सहमति भएको समाजवादी पार्टी प्रदेश न ५ को प्रवक्ता अकरम पठान (अब्दुल रहमान खान) ले बताउनुभयो । प्रदेश ५ भित्रका जिल्ला समन्वय समितिका अध्यक्षहरु र सहकार्य गरि मनाउन पत्र काटिए अनुसार सँयुक्त रुपमै बलिदानी दिवस मनाउने बताइएको छ । यद्यपी, समाजवादी र राजपाबीचको तनाव र मनमुटाव भने जारी छ ।
राजपा नेकपासँग सहकार्य गरेको छ भने समाजवादी नेपाली काँग्रेससँग सहकार्य गरी आगामी माघ ९ गते हुन लागेको राष्ट्रिय सभा चुनावको लागि अघि बढेको हो । यसअघि राजपा र समाजवादी बीच पटक पटक एकीकरण हुने भनिएपनि विफल भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
धीरज कोइरी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…