जसरी भएपनि निजगढमा विमानस्थल बनाउनैपर्छ : पर्यटनमन्त्री भट्टराई
रुख नकाट्न अन्तरिम आदेश जारी गरेको भोलिपल्ट मन्त्री भट्टराईले यस्तो बोलेका हुन् ।

२०७६ पुस ७ सोमबार, दिउँसो २:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलले हवाई चाप धान्न नसक्ने भन्दै निजगढ विमानस्थल अत्यावश्यक रहेको बताएका छन् ।
नेपाल भ्रमण वर्षका सन्दर्भमा सोमबार बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलका क्रममा उनले भैरहवा र पोखरा विमानस्थलले काठमाडौंको विकल्प नदिने भन्दै निजगढ अत्यावश्यक रहेको बताएका हुन् । सर्वोच्च अदालतले निजगढ विमानस्थलमा रुख नकाट्न अन्तरिम आदेश जारी गरेको भोलिपल्ट मन्त्री भट्टराईले उक्त विमानस्थलको महत्वबारे बोलेका हुन् ।
सरकारले पर्यटन पूर्वाधारलाई प्राथमिकता राखेको भन्दै हवाइ पूर्वाधारबिना पर्यटक आगमन बढाउन नसकिने मन्त्री भट्टराईले उल्लेख गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…