वीरगञ्जबाट नक्कली लाइसेन्स बनाउने २ दलाल फन्दामा
नक्कली सवारी चालक अनुमति पत्र बनाउन प्रयोग गरिएको कागजातसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

२०७६ असोज १० शुक्रबार, दिउँसो ४:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगञ्ज । वीरगञ्जबाट नक्कली सवारी चालक लाइसेन्स बनाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका ११ का ५१ वर्षका मोहनलाल राउत कुर्मी र सोही स्थानका ४२ वर्षीय घनश्याम भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । नक्कली सवारी चालक अनुमति पत्र बनाउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरु बाराको कोल्हवी नगरपालिका ४ प्रगति नगरका २१ वर्षीय रमेश चौधरीको बी श्रेणीको नक्कली सवारी चालक अनुमति पत्र बनाउने कार्यमा संलग्न थिए । नक्कली सवारी चालक अनुमति पत्र बनाउन प्रयोग गरिएको कागजातसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…