सरकारले एसिड पीडित मुस्कानको उपचार खर्चसहित ३ लाख दिने
यसअघि प्रदेश २ सरकारले समेत मुस्कानको उपचारको लागि तत्काल ५ लाख तथा सम्पूर्ण उपचार खर्च व्यहोर्ने बताएको थियो ।

२०७६ असोज ९ बिहीबार, बेलुकी ७:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले एसिड आक्रमणबाट घाइते मुस्कान खातुनको उपचार खर्च व्यहोर्ने तथा आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले एसिड आक्रमणबाट घाइते खातुनको सम्पूर्ण उपचार खर्च सरकारले व्यर्होने निर्णय गरेको हो । उनका साथै एसिड आक्रमणमै परी उपचाररत रहेकी जेनी खड्काको समेत सम्पूर्ण उपचार खर्च व्यहोर्ने तथा आर्थिक सहयोग गर्ने भएको छ ।
उनीहरुलाई जीवनयापन गर्न जनही ३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय मन्त्री परिषद्ले गरेको छ । यसअघि प्रदेश २ सरकारले समेत मुस्कानको उपचारको लागि तत्काल ५ लाख तथा सम्पूर्ण उपचार खर्च व्यहोर्ने बताएको थियो ।
खातुनमाथि गत भदौ २० गते विद्यालय जाँदै गर्दा दुई जनाको समूहले एसिड आक्रमण गरेको थियो । कक्षा ९ मा अध्ययनरत उनको अनुहार, छाती र हातमा घाउ लागेको छ ।
उनको काठमाडौंस्थित एक अस्पतालमा उपचार भइरहेको छ । बलिवुड स्टार वरुण धवन र कृति सेननले मुस्कान आफ्नो फ्यान भएको थाहा पाएपछि भिडियो संदेशमार्फत् नै उनको शिघ्र स्वास्थ्य लाभको कामनासहित भेट्न आउन पनि भनेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…