धनुषा प्रहरीले गरिदिएन दुर्घटनाको मुचुल्का, विभिन्न बहाना देखाउँदै प्रहरीले सास्ती दिएको आरोप

२०८३ श्रावण ६ बुधबार
बेलुकी ६:४७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी अधिकारीले एक दुर्घटनाको मुचुल्का नगरिदिँदा सास्ती भोगिरहेका छन् । 

गत असार ५ गते धनुषाको तिनकोरियाचोकदेखि यदुकूहा जाने महिनाथपुर–बीरेन्द्रबजार सडक खण्डमा भएको मोटरसाईक दुर्घटनाको मुचुल्का नगरिदिँदा एक युवकले बिमा दाबी गर्न नपाएको गुनासो पोखेका छन् । 

असार ५ गते काम बिशेषले बागमति प्रदेश ०२ ०६३ प ४१९१ नम्बरको बुलेट मोडल मोटरसाईकलबाट यदुकूहा तर्फ जाँदै गर्दा मोटरसाईकल दुर्घटना भएको थियो । मोटरसाईकल आफैँ दुर्घटनामा परेपछि सवार व्यक्तिहरु घाईते भए । यद्यपी, तत्कालै प्रहरीलाई खवर गरेनन् । 

उजुरीको लागि घटना भएको २४ घण्टाभित्र उजुरी गर्नुपर्ने प्रावधान रहे बमोजिम सवारी धनी बसन्त कुमार पण्डित प्रहरी चौकी तिनकोरियामा खवर गर्न गएका थिए । असार ५ गते अपरान्ह भएको दुर्घटनापछि भोलीपल्ट असार ६ गते प्रहरीचौकी तिनकोरियामा खवर गर्न गएका थिए । सवारी दुर्घटना वापतको बीमा दाबी गर्न प्रहरी रिपोर्ट चाहिएको भनेपछि उनीहरु बिहानै रिपोर्ट लेखाउन गएका थिए, तर प्रहरीचौकी ईन्चार्ज सँतोष गोलेले हिजो किन खवर नगरेको भन्दै उनले रिपोर्ट लेख्न नमानेको आरोप छ । प्रहरीचौकीबाट फर्काएपछि उनीहरु पटक पटक गएपनि प्रहरीले मुचुल्का समेत गरिदिएनन् । 

सोही बिषयलाई लिएर जिल्ला प्रहरी कार्यालय धनुषामा गएपछि तिनकोरियाबाट लिन भनेर पठाएको आरोप छ । पुनः तिनकोरिया गएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले भनेपछि मात्रै मुचुल्का गरिदिने गोलेले बताएको भनाई छ । 

यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले समेत २४ घण्टाभित्र उजुरी गर्नुपर्ने प्रावधान रहेको बताए । तर, त्यो २४ घण्टामा भने प्रहरीले उजुरी लेखिदिएनन् । घाईतेहरुको उपचार भएको, मोटरसाईकल दुर्घटना भएको स्थल, मोटरसाईकल दुर्घटनाको तस्विर समेत सुरक्षित भएपनि प्रहरीले भने मुचुल्का गरिनदिएको आरोप छ । 

केहीदिनपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट सम्बन्धित बिमा कम्पनीबाट पत्र लिएर आएपछि घटनास्थलको मुचुल्का गरिदिने भनेपछि बिमा कम्पनीबाट समेत पत्र ल्याए, तर प्रहरीलाई दिँदा अब हुँदैन भनेर पठाएपछि पीडित युवक निरास भएका छन् । प्रहरीले नै पत्र मगाएको भन्दै पत्र ल्याएपछि आफू त्यस्तो नभनेको बताएको आरोप छ । 

कुनै दुर्घटना वा घटना हुँदा २४ घण्टाभित्र उजुरी गर्ने प्रावधान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । २४ घण्टाभित्रै सम्पर्क गरेपनि प्रहरीले उजुरी नगरिदिएको गुनासो पोखेका छन् । 

सवारी धनी पण्डितले दुर्घटना भएको स्थलमा प्रत्यदर्शीहरु समेत रहेको जनाउँदै मुचुल्का उठाउन के समस्या भएको ? भनेर प्रश्न गरे । उनले दुर्घटनाका प्रत्यक्षदर्शीहरुले समेत सडक छेउको पोलमा ठोक्किएर दुर्घटना भएको बताइरहेका छन् । तर, प्रहरीले भने मुचुल्का गर्न मानेका र्छैनन् । 

जिल्ला प्रहरी कार्यालय धनुषाको रवैयाप्रति असन्तुष्टि र आक्रोस पोख्दै माथिल्ला निकायमा जाने पण्डितले बताए । घटनास्थलमा एक पटक मुचुल्का गर्न माग गर्दै उनले जे छ त्यही प्रतिवेदन बनाइदिन आग्रह समेत गरे । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अब वैदेशिक रोजगार ठगीको उजुरी विदेशबाटै अनलाइन गर्न सकिने, काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने

  • २०८३ श्रावण ६ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । वैदेशिक रोजगारीसँग सम्बन्धित ठगी तथा अन्य गुनासोको उजुरी अब स्वदेश वा विदेशबाटै अनलाइनमार्फत दर्ता गर्न सकिने भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको वैदेशिक

पूरा पढ्नुहोस्

Bureau Menus