महोत्तरीमा दुई गाई तस्कर फन्दामा
तस्करीको गाईसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि सम्सी प्रहरी चौकीमा राखिएको छ ।

२०७६ भदौ २३ सोमबार, बिहान ९:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा दुईजना गाई तस्कर पक्राउ परेका छन् । नेपालबाट भारततर्फ गाई तस्करी गर्न लागेका दुई जना तस्करलाई महोत्तरी प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाको सम्सी गाउँपालिका–२ बस्ने २८ वर्षीय मुस्तकिम मोमिन र ३२ वर्षीय अबताक शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले बताए ।
सम्सी गाउँपालिका–७ स्थित वनको बाटो हुँदै नेपालबाट भारत लैजान लागेको अवस्थामा तीन वटा गाईसहित दुवै तस्करलाई प्रहरी चौकी सम्सीबाट गस्तीमा गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
तस्करीको गाईसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि सम्सी प्रहरी चौकीमा राखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…