जनकपुर एयरपोर्ट रात्रीकालीन हवाई उडान भर्न तयार !
योसँगै यात्रुहरुले अब रात्री हवाई सेवा पनि सहजै पाउने छन् ।

२०७६ जेठ ८ बुधबार, दिउँसो ३:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा रात्रीकालीन हवाई उडानको लागि सम्पूर्ण तयारी पूरा गरिएको छ । रात्रीकालीन उडानका लागि आश्वयक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको हो ।
उडानका लागि हवाई अड्डा क्षेत्रमा रहेको दर्जनौं ठूला रुख बुधबार काटिएको विमानस्थलले जनाएको छ । जनकपुर विमानस्थलमा रात्रीकालीन हवाई उडानको अन्य कार्यसमेत अबको एक हप्ताभित्रै सम्पन्न हुने जनाइएको छ ।
जनकपुर विमानस्थल प्रमुख सन्तोष ढकालले अबको एक हप्तामै रात्रिकालिन टेस्ट फ्लाइट गर्ने तयारीमा रहेको जनाए । यात्रुहरुको सहजताको लागि रात्री उडान गर्न लागिएको हो ।
मधेशका मुख्यमन्त्रीसँग बुद्ध एयरले भने, - 'तेल भर्ने सुविधा भए रात्री सेवा सहित भाडा पनि कम गर्छौ'
जनकपुर विमास्थलबाट विभिन्न हवाई सेवा प्रदायक कम्पनीहरु उडान भर्दै आएको छ । योसँगै यात्रुहरुले अब रात्री हवाई सेवा पनि सहजै पाउने छन् ।
यसअघि मधेशका मुख्यमन्त्री मो. लालबाबू राउतलाई बुद्ध एयरका प्रबन्धक विजय प्रसाद सिँहले हवाई उडान बारे ध्यानाकर्षण गराएका थिए ।
बुद्ध एयरका प्रबन्धक विजय प्रसाद सिँहले एक ध्यानाकर्षण पत्र लेख्दै प्रदेशमा रहेको विभिन्न एयरपोर्टहरुमा ईन्धन भर्ने सुविधाका साथै ती एयरपोर्टहरुको स्तरीयता राम्रो बनाउन सके रात्रीकालिन सेवा समेत दिन सक्ने भनेर मुख्यमन्त्री राउतलाई बताएका थिए ।
प्रदेशका विमानस्थलहरुमा इन्धन भर्ने सुविधा र रात्रीकालीन अवतरण गर्ने पूर्वाधार बनाउन प्रबन्धक सिंहले प्रदेश २ का मुख्यमन्त्री राउतलगायत प्रदेशका उद्योग पर्यटन वन तथा वातारण मन्त्रालयलाई समेतको ध्यानाकर्षण गराएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…