मधेशका मुख्यमन्त्रीसँग बुद्ध एयरले भने, - 'तेल भर्ने सुविधा भए रात्री सेवा सहित भाडा पनि कम गर्छौ'

नियमित उडान संख्या थप्ने र अन्य सेक्टरमा झैं प्रदेश २ मा पनि हवाई भाडादर कम गर्ने

२०७५ पौष २३ सोमबार
बेलुकी ६:४८ बजे
न्यूज ब्यूरो | नेपाल


जनकपुरधाम, २३ पुस । मधेशका मुख्यमन्त्री मो. लालबाबू राउतलाई बुद्ध एयरका प्रबन्धक विजय प्रसाद सिँहले हवाई उडान बारे ध्यानाकर्षण गराएका छन् ।

 

बुद्ध एयरका प्रबन्धक विजय प्रसाद सिँहले एक ध्यानाकर्षण पत्र लेख्दै प्रदेशमा रहेको विभिन्न एयरपोर्टहरुमा ईन्धन भर्ने सुविधाका साथै ती एयरपोर्टहरुको स्तरीयता राम्रो बनाउन सके रात्रीकालिन सेवा समेत दिन सक्ने बताएका छन् । 


प्रदेशका विमानस्थलहरुमा इन्धन भर्ने सुविधा र रात्रीकालीन अवतरण गर्ने पूर्वाधार बनाउन प्रबन्धक सिंहले प्रदेश २ का मुख्यमन्त्री राउतलगायत प्रदेशका उद्योग पर्यटन वन तथा वातारण मन्त्रालयलाई समेतको ध्यानाकर्षण गराएका छन् ।


जनकपुरको एक परिचित समाजसेवी समेत रहेका सिंहले धार्मिक, पर्यटकीयलगायत विभिन्न कारणले महत्वपूर्ण क्षेत्रमा आवागमन सहज बनाउन ती विमानस्थलमा ठूल्ठूला विमान अवतरणका लागि इन्धन भर्नेजस्ता पूर्वाधार आवश्यक रहेको मधेश सरकारलाई सुझाएका छन् ।


विमास्थलमा इन्धन भर्नेलगायतका पूर्वाधार बने बुद्ध एअरले मार्च १ देखि राजविराज विमानस्थलमा एटिआर (७२ सिटे विमान) उडान सञ्चालन गर्ने सिंहले पत्रमा उल्लेख गरेका छन् । हाल जनकपुर विमानस्थलमा मात्र एटिआर उडान हुँदै आएको छ ।


प्रदेशका जनकपुर, राजविराज र सिमरामा विमानस्थल छन् । धेरै पुरानो हवाईअड्डा राजविराज केही महिनाअघिबाट पुनः सञ्चालनमा आएको छ । यी सबै विमानस्थलका माध्यमले दक्षिण सीमावर्ती भारतीय नागरिक र पूर्वी पहाड तथा हिमालका जनतालाई हवाई सुविधा पुग्दै आएको छ ।

 

उनले लेखेका पत्रमा  रि-फ्यूलिँको सुविधा भए जनकपुरधाम जस्तो क्षेत्रलाई पर्यटकीय हिसाबले झन उजागर र मजबुत बनाउने प्रतिवद्धता समेत जाहेर गरेका छन् । जनकपुरमा पर्यटकको सँख्या झन बढाउनको लागि रात्रीकालिन हवाई उडान पनि आवश्यक रहेको तथा डोमेस्टिक उडानमै हवाईजहाज सँख्याको उडान अझ बढाउन सके धार्मिक पर्यकीय दृष्टिकोणले विश्वविख्यात हुने पनि दाबी गरेका छन् ।


मधेशमा सञ्चालनमा रहेका विमानस्थलहरूमा इन्धन भर्ने र रात्रीकालीन अवतरणको सुविधा नभएकाले हवाई सेवा प्रदायक कम्पनीहरू यी ठाउँमा ठूला विमान उडाउन मानेका छैनन् । विमानस्थलमा इन्धन भर्ने सुविधा नहुँदा जहाजले क्षमता अनुसारको लोड बोक्न नपाउने भएका कारण भाडा दर सस्तो नहुने सिंहले बताए । उनले आवश्यक पूर्वाधार स्थापना र सञ्चालनमा आए विमान कम्पनीहरूले नियमित उडान संख्या थप्ने र अन्य सेक्टरमा झैं प्रदेश २ मा पनि हवाई भाडादर कम गर्ने बताए ।


अहिले मधेशको अस्थायी राजधानी जनकपुरधाम र बाराको सिमरा विमानस्थलमा यात्रुको चापको तुलनामा विमान उडान संख्या कम रहेको  छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सलमान खानको घर अगाडी फायरिँग, गोली चलाउनेको तस्विर सार्वजनिक

  • २०७५ पौष २३ सोमबार

न्यूज ब्यूरो, भारत ।  सिने जगतका चर्चित अभिनेता सलमान खानको घर अगाडी गोली फायरिँग गर्नेको तस्विर प्रहरीले सार्वजनिक गरेको छ ।  आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि

पूरा पढ्नुहोस्

Bureau Menus