बलात्कार प्रकरण : 'बलात्कारीलाई कुनै पनि हालतमा छुट मिल्ने छैन' : मन्त्री महासेठ
घटना अहिले पनि अनुसन्धानकै दायरमा रहेकोले प्रहरी आफ्नो तर्फबाट अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने बताए ।

२०७६ बैशाख २७ शुक्रबार, बेलुकी ६:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले बलात्कारीलाई कुनै पनि हालतमा छुट नमिल्ने बताएका छन् ।
धनुषाको महेन्दनगरमा गत १५ गते भएको बलात्कार प्रकरणमा बोल्दै मन्त्री महासेठले घटनामा संलग्नलाई कुनै पनि हालतमा कानुनले नछाडने दाबी गर्दै आफूलाई बदनाम गर्न मात्र मिडियाहरुमा नाम पोलिएको बताए । धनुषा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनीधिसभा सदस्य समेत रहको मन्त्री महासेठले शुक्रबार पीडित बालिकाको परिवारसँग भेटघाट गर्दै आफूलाई घटनाको केही दिनपछि मात्र जानकारी भएको दाबी गरे ।
कस्तो दानव : धनुषामा काकाद्धारा एक बालिका बलात्कृत !
"को हो राजकुमार साह , म चिन्दैन तर राजनेतिक प्रतिशोधका कारण मेरो नाम बदनाम गर्नकै लागि घटना दबाउन खोजेको आरोप लगाए । मेरो गृह जिल्ला त्यसमा पनि आफ्नो क्षेत्र रहेको छ । त्यसैले यो घट्नामा पिडतलाई सहयोग गर्ने कर्तव्य पनि हो । भोलिको दिनमा अपराधी उम्किने दिने छैन । हामी तपाईंहरुको साथमा छौं । नेपाल सरकार बाट हुने सहयोग र व्यक्तिगतबाट हुने सहयोग गर्न तत्पर छु ।"- उनले भने ।
स्थानीयहरुद्धारा महेन्द्रनगर प्रहरी घेराउ गर्दै बाले आगो, अवस्था तनावग्रस्त !
पीडित परिवारसँगको भेटघाटको क्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले अपराधी जो सुकै भएपनि उम्कन नपाउने बताउँदै फौजदारी मुद्दा लागेकोले अब कसैले चाहेर पनि केही गर्न नसक्ने बताए ।
अपडेट : बलात्कृत बालिकाको मानसिक सन्तुलन बिग्रियो, काठमान्डौं रिफर !
त्यही क्रममा धनुषा प्रहरी प्रमुख एसपी शेखर खनालले अदालतमा मुद्दा दायर भईसकेकोले फौजदारी मुद्दामा कसैको सोर्स फोर्स नचल्ने बताए । घटना अहिले पनि अनुसन्धानकै दायरमा रहेकोले प्रहरी आफ्नो तर्फबाट अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने बताए ।
महिलाहरुले पुनः तताए धनुषाको महेन्द्रनगर, अवस्था तनावग्रस्त !
अपडेट : प्रहरी र प्रदर्शनकारीबीच झडप, जनकपुरबाट थप प्रहरी जाँदै !
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…