• २०७६ जेठ १३ गते, सोमबार
०८:०५ pm

महिलाहरुले पुनः तताए धनुषाको महेन्द्रनगर, अवस्था तनावग्रस्त !

अभियुक्त साह भने प्रहरीको नियन्त्रणमा रहेको र अनुन्धान जारी रहेको छ । 


न्यूज ब्यूरो, जनकपुरधाम । बालिका बलात्कारलाई लिएर धनुषाको महेन्द्रनगर आईतबार (आज) पुन तनावग्रस्त बनेको छ । 

 

केही दिन अघि धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ की एक बालिकालाई नातामा काका पर्ने आफ्नै छिमेकीले बलात्कार गरेपछि महिला अधिकारकर्मीहरुले पीडित बालिकासँग न्यायको माग गर्दै आन्दोलन चर्काएकी हुन् । आज अपरान्हदेखि पुनः महेन्द्रनगरको ठाउँ ठाउँमा टायर तथा आगो बालेर विरोध प्रदर्शन भईरहेको छ । 

 

महिलाहरु लाठी लिएर जुलुस प्रदर्शन गरिरहेका छन् । उनीहरु पीडितलाई न्यायको लागि सडकमा आएकी हुन ।

पीडित बालिकाको स्वास्थ्य परीक्षणबाट बलात्कार भएको पुष्टि भएपनि बालिकाको उपचारको लागि कुनै पहल नगरेको भन्दै महिला अधिकारकर्मीहरुले प्रहरी प्रशासन विरुद्ध नारावाजी गरिरहेका छन् । उनीहरुले जनकपुरको धनुषा अस्पतालमै बालिकाको स्वास्थ्य अवस्था चिन्ताजक रहेको भएपनि प्रहरीले उनको उपचारको लागि पीडक पक्षबाट कुनै पहल नगराएको भन्दै प्रदर्शन गरेकी हुन् ।

 

अपडेट : बलात्कृत बालिकाको मानसिक सन्तुलन बिग्रियो, काठमान्डौं रिफर !

 

अधिकारकर्मीहरुले बालिकालाई उपचारको लागि काठमान्डौँको बिएण्डबी हस्पिटल लगिएपनि काठमान्डौँ स्थित जसको रोहबरमा उपचार भईरहेको छ कुनै प्रकारको चासो नदिएको आरोप लगाइएको छ । उपचारको लागि पीडितको कुनै पनि सदस्यलाई जान दिएको छैन भने उपचार गराउन गएका व्यक्ति उपर नै आशंका उत्पन्न भएको अधिकारकर्मीहरुको  भनाई छ । 

 

स्थानीयहरुद्धारा महेन्द्रनगर प्रहरी घेराउ गर्दै बाले आगो, अवस्था तनावग्रस्त !

 

गत बैशाख १५ गते ती बालिकालाई बेहोस हुने औषधी प्रयोग गरी बेहोस पारेर स्थानीय ३४ बर्षिय नातामा काका पर्ने राजकुमार साह नामक युवकले बलात्कार गरेका थिए । बलात्कृत बालिका क्षन क्षणमा मुर्छा तथा बेहोस हुने गरेकी छन् । अभियुक्त साह भने प्रहरीको नियन्त्रणमा रहेको र अनुन्धान जारी रहेको छ । 

 

कस्तो दानव : धनुषामा काकाद्धारा एक बालिका बलात्कृत !

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस