कस्तो दानव : धनुषामा काकाद्धारा एक बालिका बलात्कृत !

पीडितका अनुसार, मेडिकल गराउन जाँदा अञ्चल अस्पतालका चिकित्सकले समेत थर्काएको र धम्काएको आरोप लगाएकी छन् ।

२०७६ बैशाख १६ सोमबार
रति ९:३० बजे
न्यूज ब्यूरो | नेपाल
Photo : Google.com


न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक बालिका बलात्कृत भएको घटना बाहिर आएको छ । 

 

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ की एक १४ बर्षिय बालिकालाई आईतबार दिउँसो बलात्कार भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले पुष्टि गरेको छ । बलात्कारको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ समेत गरेको हो । 

 

पक्राउ पर्नेमा क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ बस्ने अन्दाजी बर्ष ३३ का राजकुमार साह रहेको प्रहरीले जनाएको छ । बालिका उपर बलात्कार भएको तर अन्य विवरण खुलाउन नमिल्ने प्रहरीले जनाएको छ । 


बलात्कार बालिका उपर आईतबार दिउँसै करिब १२ बजे नै भएपनि भोलिपल्ट सोमबार मात्र परिवारजनले प्रहरीमा उजुरी गरेपछि अभियुक्त साहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । बालिका अहिले परिवारको जिम्मा रहेकी छन् । 

 

यसरी भयो घटना 

महेन्द्रनगर स्थित घरमा पढदै गरेकी १४ बर्षिय ती बालिका बलात्कृत भईन । आइतवार दिउँसो स्कुलबाट घरफर्केर घरमा पढदै गरेकी दिदी वहिनीलाई वेहोस गरी छिमेकी ३३ वर्षको राज कुमार साहले घरमा कोइ नभएको बेला बलात्कार गरेको जनाईएको छ ।


दिउँसो १२ बजे तिर हाबाहुरीले घरको छाना उडाएको बहाना बनाउँदै घरको पछाडीबाट प्रवेश गरेको साहलाई देखेपछि पिडित बालिका सोधेको थियो काका के गर्न आएको हो ?  तर केही नबोली घरको छाना हेर्दै थियो एक छिन पछि पिडित बालिका पानि लिएर कलबाट फर्के पछि साहले १४ वर्षिय बहिनीलाई बेहोस बनाई बलात्कार गरेको बताइएको छ ।

 

वहिनीको यस्तो अवस्था हेरेर पिडित बालिकाकी दिदीले बहिनीलाई बचाउन राजकुमारबाट अथक प्रयास गरेकी थिइन तर साहको अगाडि केही सकेन होस आउँदा आफू बलतकृत भएको र लगाउने लुगा कैचीले काटको थियो ।

 

 अहिले राजकुमार साहलाई अनुसन्धानको लागी इलाका प्रहरी कर्यालय महेन्द्रगरमा छन भने पिडित बालिकालाई जनकपुर अंचल अस्पतालमा मेडिकल गराईएको छ । पीडितका अनुसार, मेडिकल गराउन जाँदा अञ्चल अस्पतालका चिकित्सकले समेत थर्काएको र धम्काएको आरोप लगाएकी छन् । चिकित्सकको नाम भने खुलाइएको छैन । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहा लहानका किसानले फलाए बैगनी र पहेँलो काउली, स्वाद मस्त 

  • २०७६ बैशाख १६ सोमबार

न्यूज ब्यूरो, सिरहा । सिरहाका एक किसानले फरक स्वाद र फरक रँगको काउली फलाउन सफल भएका छन् ।  सिरहाको लहान नगरपालिका वडा नम्बर २४ माणिक दह झुटकी टोल बस्ने किसान रतन

पूरा पढ्नुहोस्

Bureau Menus