स्थानीयहरुद्धारा महेन्द्रनगर प्रहरी घेराउ गर्दै बाले आगो, अवस्था तनावग्रस्त !
प्रदर्शनकारीहरुले प्रहरीचौकी अगाडी टायर बालेर प्रदर्शन गरिरहेका छन् । उनीहरु प्रहरी प्रशासन विरुद्ध प्रदर्शन गरिरहेका छन् ।

२०७६ बैशाख २० शुक्रबार, दिउँसो १:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको महेन्द्रनगर स्थित ईलाका प्रहरी कार्यालयलाई स्थानीयवासीहरु घेराउ गरेका छन् |
क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ मा एक १४ बर्षिय बालिकालाई बेहोसको औषधी खुवाएर बलात्कार गरेका बलात्कारीलाई कडा समाजको माग गर्दै स्थानीवासीहरुले प्रहरी कार्यालय घेराउ गरेको हो ।

बलात्कृत बालिकाको अवस्था झनझन विगरिदै गइरहेको तथा दोषीलाई बचाउँनको लागी प्रहरी नै लागीपरेको आरोप लगाउदै दोषीलाई ुनै पनि हालातमा उम्कीन नदिनुको लागि दबाब स्वरुप स्थानीयवासीहरुले प्रहरी कार्यालय घेराउ गरेका हुन । घटना भएका टोलका दर्जनौँको सँख्यामा रहेकी महिलाहरुले बलात्कारीलाई कडा सजायको माग गर्दै दबाब बनाएकी छन् ।
प्रदर्शनकारीहरुले प्रहरीचौकी अगाडी टायर बालेर प्रदर्शन गरिरहेका छन् । उनीहरु प्रहरी प्रशासन विरुद्ध प्रदर्शन गरिरहेका छन् ।
क्षिरेश्वरनाथ नगरपालिका ५ की बलात्कृत बालिकाको स्वाथ्य विग्रेपछि उनलाई उपचारका लागि बुधवार राति देखि नै जनकपुरमा भर्ना गरिएको छ तर स्वाथ्य सुधार हुनुको साटो झन विग्रीदै गइरहेको परिवारिक स्रोतले जनकारि दिएका छन् ।
यो पनि पढनुहोस् : कस्तो दानव : धनुषामा काकाद्धारा एक बालिका बलात्कृत !
ती बालिकालाई बेहोस हुने औषधी प्रयोग गरी बेहोस पारेर स्थानीय ३४ बर्षिय नातामा काका पर्ने राजकुमार साह नामक युवकले बलात्कार गरेका थिए । बलात्कृत बालिका क्षन क्षणमा मुर्छा तथा बेहोस हुने गरेकी छन् । अभियुक्त साह भने प्रहरीको नियन्त्रणमा रहेको र अनुन्धान जारी रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…