• २०७६ भदौ २ गते, सोमबार
०९:५१ pm

अपडेट : प्रहरी र प्रदर्शनकारीबीच झडप, जनकपुरबाट थप प्रहरी जाँदै !

यस घटनालाई जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ताले पुष्टि गर्दै जनकपुरबाट थप प्रहरी पठाइएको जनाए । 


न्यूज ब्यूरो, जनकपुरधाम । बलात्कार पीडित बालिकाको न्यायको माग गर्दै स्थानीय महिलाहरुले ईलाका प्रहरी कार्यालय महेन्द्रनगर उपर ढुँगामुढा प्रहार गरेका छन् ।

 

आज दिउँसैदेखि पीडितको न्यायको माग गर्दै महिला अधिकारकर्मीहरु सहित स्थानीय महिलाहरुले प्रहरी प्रशासन विरुद्ध नारावाजी गरेका छन् । प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुले ढुँगामुढा प्रहार गरेपछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा समान्य क्षति पुगेको हो । ढुँगा प्रहारले प्रहरी कार्यालयको सिसाको झयाल फुटाएको छ । 

 

महिलाहरुले पुनः तताए धनुषाको महेन्द्रनगर, अवस्था तनावग्रस्त !

 

यता, महिलाहरुको ढुँगामुढापछि प्रहरीले समेत बचाउ गर्दै लाठीचार्ज गर्दा केही बेर समान्य झडप भएको जनाइएको छ । महिलाहरु सहित  प्रदर्शनका उत्रेका प्रदर्शनकारीहरुले प्रहरी कार्यालय उपर ढुँगामुढा प्रहार गर्न थालेपछि स्थिति नियन्त्रणमा लिनको लागि समान्य लाठीचार्ज गरिएको जनाइएको छ । 

 

 

यसका साथै उनीहरुले पुनः चक्काजाम गरेका समेत गरेका छन् । पीडित बालिकाको उपचारकोे लागि कुनै पक्षले उत्सुकता नदेखाएको तथा प्रहरीले नै घटना दबाउन खोजेको भन्दै प्रहरी विरुद्ध उनीहरु नारावाजी गर्दै चक्काजाम गरेका हुन । चक्काजामका कारण जनकपुरबाट ढल्केवर तथा ढल्केवरबाट जनकपुरतर्फ जाने सवारी बीच बाटोमै जकथक भएको छ । 

 

यस घटनालाई जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ताले पुष्टि गर्दै जनकपुरबाट थप प्रहरी पठाइएको जनाए । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस