कालो दिन : जनकपुर बम विस्फोटको आज ७ वर्ष ! (भिडियो सहित)
उनी कैयौँ वर्षदेखि सुरक्षा चुनौति भन्दै काठमान्डौँको नख्खु जेलमा राखिदै आएको हो ।

२०७६ बैशाख १८ बुधबार, दिउँसो १२:१७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो , जनकपुरधा । ५ जनाको ज्यान जाने गरी गराइएको बम विस्फोटको आज ७ वर्ष पुरा भएको छ ।
आजभन्दा ७ वर्ष अघि वि.स. २०६९ बैशाख १८ गते आजकै दिन जनकपुरको रामानन्दचोकमा भयानक बम काण्ड भएको थियो ।
मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै शान्ति पूर्ण धर्ना बसेको बेला विहान करिब ११ बजे सुनियोजित ढँगले गराइएको बम विष्फोटमा परी पाँच जनाको ज्यान गएको थियो भने दर्जनौ घाईते भएका थिए ।
बम विस्फोटमा मिनापकी दिग्गज कलाकार रंजु झा सहित झगरु मण्डल, बिमल शरण दास, दिपेन्द्र दास, सुरेश उपाध्यायको मृत्यु भएको थियो । बम विष्फोट घटनाका मुख्य योजनाकार मानिएका पूर्व साँसद संजय कुमार साह सहितले जन्मकैदको सजायमा कारागारमा जीवन विताइरहेका छन् भने त्यस्तै घटनामा संलग्न आरोपमा मुकेश चौधरी , राजन मुक्ति लगायत आधा दर्जन अभियुक्तहरु समेत दोषी करार दिइएको छ ।
यो पनि पढनुहोस् : जनकपुर बम काण्ड : सँजय साह (टकला) सहित यी ७ जनालाई जन्मकैद !
आत्मियताको पहिचान, स्वायतताको बोधको लागि, आफनो हक अधिकारको लागि, संवैधानिक सुनिश्चितता गर्नको लागि, सँविधानमा सुनिश्चित गर्नको लागि कलाकर्मी, रचनाधर्मीहरु मिथिला राज्य सँघर्ष समितिलाई सघाउनुपर्ने मिथिला राज्य सँघर्ष समितिका सँयोजक परमेश्वर कापडीले न्यूज ब्यूरोसँग भने ।
"भाषा, माटो र सँस्कृतिको लागि लडेको यो विश्वमै दोस्रो आन्दोलन हो , पहिलो पटक बँगलादेशमा यस्तो आन्दोलन भएको थियो भने विश्वमै दोस्रो पटक नेपालको जनकपुरमा भएको ईतिहास छ । आफ्नो पहिचानको लागि जारी रहेको यो आन्दोनल उपलब्धी नहुन्जेलसम्म जारी रहनेछ ।" उनले थपे ।
गत वि।स। २०६९ साल बैशाख १८ गते विहान करिब ११ बजे जनकपुरको रामानन्दचोकमा भएको बम विस्फोट प्रकरणमा जिल्ला अदालत धनुषाले दोषी करार दिँदै साहलाई जन्मकैदको फैसला सुनाएको हो ।
जिल्ला अदालत धनुषामा झण्डै ५ दिन चलेको बसहपछि गत चैत्त १४ गते न्यायाधीश राजेशकुमार कटुवालको इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएको श्रेस्तेदार राधाकान्त झाले जानकारी दिए । झाका अनुसार, सञ्जय साह (टक्ला) सहित अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, सुरेश कर्ण, रिपेन्द झा, जयप्रकश चौधरी र मुकेशकुमार कर्णलाई जन्मकैदको सजाय सुनाएका छन् ।
पूर्व भौतिक पूर्वाधार मन्त्री समेत रहेका तथा तत्कालिन सद्भावना पार्टीबाट २०७० सालमा धनुषा निर्वाचन क्षेत्र नं. ४ (अहिले ३) बाट विजयी भएर साँसद समेत बनेका साहलाई बम काण्डको आरोपपछि सद्भावना पार्टीबाट निलम्बीत गरिएको थियो । उक्त बम विस्फोटमा परेर दीपेन्द्र दास, विमलशरण दास, सुरेश उपाध्याय , मिथिला नाटयकला परिषद्की रंगकर्मी एवम कलाकार रञ्जु झा र झंगरु मण्डल लगायत ५ जनाको ज्यान गएको थियो ।
बम काण्डमा नाम मुछिएपछि धनुषाका प्रहरी प्रमुख उत्तमराज सुवेदी, प्रवक्ता गोविन्द पुरी, किस्म्त भण्डारी लगायतको कार्यकालमा उनलाई भारतबाट पक्राउ गरी अदालतमा म्याद थप गरिएको थियो । उनी कैयौँ वर्षदेखि सुरक्षा चुनौति भन्दै काठमान्डौँको नख्खु जेलमा राखिदै आएको हो ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…