जनकपुर बम काण्ड : सँजय साह (टकला) सहित यी ७ जनालाई जन्मकैद !
उनी कैयौँ वर्षदेखि सुरक्षा चुनौति भन्दै काठमान्डौँको नख्खु जेलमा राखिदै आएको हो ।

२०७५ चैत १४ बिहीबार, बेलुकी ६:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर बम प्रकरणका मुख्य योजनाकार भनिएका सँजय साह (टकला) लाई जन्मकैदको सजाय सुनाइएको छ ।
जिल्ला अदालत धनुषामा विगत ५ दिनदेखि चलेको बसहपछि साहलाई दोषी ठहर गर्दै जन्मकैद सजायको फैसला सुनाएको हो । गत वि.स. २०६९ साल बैशाख १८ गते विहान करिब ११ बजे जनकपुरको रामानन्दचोकमा भएको बम विस्फोट प्रकरणमा जिल्ला अदालत धनुषाले दोषी करार दिँदै साहलाई जन्मकैदको फैसला सुनाएको हो ।
जिल्ला अदालत धनुषामा विगत ५ दिनदेखि चलेको बसहपछि न्यायाधीश राजेशकुमार कटुवालको इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएको श्रेस्तेदार राधाकान्त झाले जानकारी दिए । झाका अनुसार, सञ्जय साह (टक्ला) सहित अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, सुरेश कर्ण, रिपेन्द झा, जयप्रकश चौधरी र मुकेशकुमार कर्णलाई जन्मकैदको सजाय सुनाएका छन् ।
यो पनि पढनुहोस् : जनकपुर बम काण्ड : सँजय साह (टकला) जेलमुक्त हुने सम्भावना ?
पूर्व भौतिक पूर्वाधार मन्त्री समेत रहेका तथा तत्कालिन सद्भावना पार्टीबाट २०७० सालमा धनुषा निर्वाचन क्षेत्र नं. ४ (अहिले ३) बाट विजयी भएर साँसद समेत बनेका साहलाई बम काण्डको आरोपपछि सद्भावना पार्टीबाट निलम्बीत गरिएको थियो । उक्त बम विस्फोटमा परेर दीपेन्द्र दास, विमलशरण दास, सुरेश उपाध्याय , मिथिला नाटयकला परिषद्की रंगकर्मी एवम कलाकार रञ्जु झा र झंगरु मण्डल लगायत ५ जनाको ज्यान गएको थियो ।
बम काण्डमा नाम मुछिएपछि धनुषाका प्रहरी प्रमुख उत्तमराज सुवेदी, प्रवक्ता गोविन्द पुरी, किस्म्त भण्डारी लगायतको कार्यकालमा उनलाई भारतबाट पक्राउ गरी अदालतमा म्याद थप गरिएको थियो । उनी कैयौँ वर्षदेखि सुरक्षा चुनौति भन्दै काठमान्डौँको नख्खु जेलमा राखिदै आएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…