हुलाकी राजमार्गमा रातराती 'प्रभू' को अनुगमन
पप्पु कन्ट्रक्सनद्धारा निर्माण भएको कारणबाट पुलको पिलर निर्माण गरी विचमै रोकिएकोमा दुख व्यक्त गरे ।

२०७५ माघ २० आइतबार, बिहान ६:०३ बजे३ मिनेट पढाइ

रौतहट, २० माघ । हुलाकी राजमार्ग अन्तर्गत रौतहट र सर्लाही जिल्लालाई जोड्न बागमती नदीमा अलपत्र अवस्थामा रहेका पक्कि पुलको संसदीय विकास समितिका सभापति सहितका पदाधिकारीद्धारा शुक्रबार राति अनुगमन गरिएको छ ।
रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ बडहर्वा स्थित वागमती नदीमा २०६७ साल जेठ ३१ गते तात्कालिन प्रधानमन्त्रि माधवकुमार नेपालद्धारा पक्कि पुलको शिलान्या गरिएका थिए । तिन बर्षमा पुलको निर्माण कार्य सम्पन्न गर्नुपर्ने भन्दै लुम्बनी विल्डर्सले ६३३ मिटर चौडाई भएको पुलको ठेक्का सकार गरी निर्माण कार्य प्रारम्भ गरेको थियो ।
करिव ८ बर्ष वितिसक्दा पनि हुलाकी सड्कको पुलको निर्माण कार्य पुरा हुन सकेनन् । पटक पटक विभिन्न निकायबाट अनुगमन गरियो तर केही भएन् । शुक्रवार राति संसदीय विकास समितिका सभापति माननिय कल्याणी खड्काको नेतृत्वमा नेकपा प्रदेश नम्वर २ का सभापति प्रभु साह, सरला यादव, नागेन्द्र चौधरी सहितका साँसदहरुद्धारा उक्त पुलको अनुगमन गरी यथाशिघ्र पुल निर्माणको प्रक्रिया अघि बढाउने प्रतिक्रिया दिए ।
संसदीय विकास समितिका सभापति साँसद श्रीमती खड्काले प्रदेश नम्वर २ को विभिन्न नदीहरुमा अलपत्र अवस्थामा रहेका पुलहरुको अनुगमन निरीक्षणको क्रममा यहाँ आईपुगेका छौं । यत्रो लामो समय देखि अलपत्र अवस्थामा रहेको पुललाई यथाशिघ्र कारण तथा प्राविधिक त्रुटीहरु पत्ता लगाएर निर्माण कार्यलाई अहिलेको संघिय सरकारबाट पुरा गराई जनताहरुलाई प्रत्यक्ष रुपमा लाभान्वित गराउने योजनाका साथ यहाँ आएको स्पष्ट पारे ।
नेकपा प्रदेश नम्वर २ का सभापति प्रभु साहले तात्कालिन प्रधानमन्त्री नेपालद्धारा शिलान्यास गरिएको अति महत्वाकाँक्षी योजनाको पुल निर्माण प्रक्रियामा निकै ढिलाई भएकोमा चिन्ता व्यक्त गर्दै लम्बनी विल्डर्सले ठेक्का सकार गरेपनि पप्पु कन्ट्रक्सनद्धारा निर्माण भएको कारणबाट पुलको पिलर निर्माण गरी विचमै रोकिएकोमा दुख व्यक्त गरे ।
हुलाकी सड्क परियोजना पर्साका डिई अनुठा पटेलले यस पुलको टेण्डर आहवान हुँदा खेरी पप्पु कन्ट्रक्सन कालो सूचीमा रहेको हुँदा तात्कालिन पप्पुको प्रोपराइटर हरिनारायण रौनियारले लुम्बनी बिल्डर्स प्राली सिद्धार्थनगर संग आन्तरिक रुपमा सम्झौता गरेर उसैको फर्मबाट घटाघट प्रक्रियामा टेण्डर हात पार्न सफल भएको बताए ।
१७ वटै पिलरको काम सकिएको छ, पुलको काम ६० प्रतिशतको हाराहारीमा मात्रै पुरा भएको छ, लुम्बिनि बिल्डर्स प्राली सिद्धार्थनगरको फर्ममा पप्पु कन्ट्रक्सनले ३५ करोड ८९ लाख ९ हजार ४ सय ३३ रुपैयामा ठेक्का सकार गरेका थिए । फर्म लुम्बनीको भएपनि सम्पुर्ण कामको जिम्मा पप्पु कन्ट्रक्सनले लिएको थियो ।
पुल निर्माणका लागि छलफल गर्न पुल महाशाखामा प्रमुख सहित लुम्बिनि बिल्डर्सका प्रबन्ध निर्देशक बिष्णु शर्मा, पप्पु कन्स्ट्रसनका तर्फबाट सुमित रौनीयार सहित सम्बध पक्षका विच पटक पटक बैठक बसेका थिए । लुम्बनीका प्रवन्ध निर्देशक शर्माका अनुसार पुलको डिजाइन गलत भएको कारण पुल लामो समय देखि अलपत्र भएको बताए । अलपत्र पर्नुमा निर्माण कम्पनीको कुनै दोष नभई त्यो दोष राज्यको रहेको उनले स्पष्ट पारे ।
"स्थानीय बासिन्दा राजेश ठाकुरले ‘पुल निर्माणको क्रममा ठेकेदारले पिलरको जग खनेर निस्कने माटो अन्यत्र ब्यवस्थापन गर्नु पथ्र्यो, ’त्यसो नगर्दा नदिले धार परिबर्तन ग¥र्यो । र काम बन्द भयो । यसमा ठेकेदारको चरम लापरबाही देखीन्छ उनले भने ।’
अव नदि नियन्त्रण गरेर धार परिबर्तन गरी पुरानै स्थानमा खोला ल्याईने पुल महाशाखाको प्राविधिकले बुझाएको प्रतिवेदन हुलाकी सडक महाशाखामा प्राप्त भएको डिई पटेलल स्प्ष्ट पार्दै त्यसका लागि नदि नियन्त्रण गरी धार फकाईने तयारी सुरु गरिने बताए ।
हुलाकी पर्साका प्रमुख पटेलले अलपत्र रहेको पुलमा ज्याकेटिंग गरेर वागमती नदीलाई पुल मुनिबाट धार खोल्ने तथा अधुरो रहेका बाँकी सवै कार्यका लागि डिपिआर तयार भई स्वीकृति हुने अवस्थामा रहेको हुँदा संसदीय विकास समितिद्धारा अनुगमन गरिएको छ अब चाँडै प्रक्रियाहरु पुरा हुनेमा विश्वास व्यक्त गरे ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…