विदेह नगरपालिकामा सार्वजनिक रुख काट्दै गर्दा पक्राउ
अन्दाजी मुल्य करिब १ करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।
२०७५ माघ ८ मंगलबार, दिउँसो २:५० बजे१ मिनेट पढाइ

संजीव मण्डल, ८ माघ । धनुषाको विदेह नगरपालिकाबाट सार्वजनिक रुख काट्दै गर्दा प्रहरीले पक्राउ गरेको छ ।
वातावरण तथा सार्वजनिक सम्पत्ति संरक्षण तथा सम्बर्द्धन गर्ने उदेश्यले नगर प्रमुख बेचन दासको नेतृत्वमा निस्केको सुरक्षाकर्मी समेतको टोलिले मँगलबार विदेह नगरपालिका वडा नम्बर ९ स्थित बैदेहिबाट काचो काठ पक्राउ गरेको हो ।
वैदेही रेल्वे स्टेशन नजीक रहेको बिमला नदि छेउको सार्वजनिक रुख काटेर ट्रायकटरमा लोड गरिरहेको अवस्थामा पक्राउ गरेको हो । गैर कानुनी रूपमा अनुमति बेगर काचो रुख काट्न प्रतिबन्ध रहेको भएपनि नदि छेउको रुख स्थानीय सगिरा खातुनले काट्न लगाएको ट्रायकटर चालक धर्मेन्द्र यादवले बताए ।
नगर प्रमुख बेचन दास, वडा अध्यक्ष जुमराती नदाफ, शसस्त्र प्रहरी बल नेपाल (बिओपी) धनौजी का इन्स्पेक्टर सागर राई, प्रहरी चौकी बैदेहिका असै बिसम्बर साह लगायत का टोलिले काठ पक्राउ गरेको हो ।
पक्राउ गरेको काठ नगरपालिकाको कार्यालयमा पठाउने कार्य भैरहे नगर प्रमुख दासले बताए । बिमला खोलाको छेउमा करिब ९ किलोमिटरमा सार्वजनिक जामुनको रुख, बाँस, निमको रुख लगायतका काठ रहेको छ । जसको अन्दाजी मुल्य करिब १ करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
संजीव मण्डल
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…