सिरहा : कनचटमा बन्दुक राखेर अफिस भित्रै वडाध्यक्षलाई लुटियो !
घटना लग्तै प्रहरि पुग्दा जय कुमार यादब र पप्पु यादबलाइ पक्राउ गरेका छन् ।
२०७५ पुस २८ शनिबार, बिहान ९:३० बजे१ मिनेट पढाइ

सिराहा, २८ पुस । सिराहाको बिष्णुपुर गाउँपालिकामा वडा अध्यक्षलाइ बन्दुक तेर्साएर हातपात गरेको खुलासा भएको छ ।
शुक्रबार वडा नम्बर २ का वडाध्यक्ष राम इस्वर यादबलाइ अफिस भित्रै गाली बेइज्जत गरि हातपात र बन्दुक समेत तेर्साएको वडा अध्यक्षले दिएको जाहेरि अनुसार जिल्ला प्रहरि कार्यालय सिराहाका प्रहरी नायब उपरीक्षक( डएसपी) माधब राज खरेलले जानकारी दिए ।
सिफारिस नगरिदिएको निहु बनाइ स्थानीय बिल्टु यादब, उनकै छोरा महेश यादब, सत्रुधन यादब, पप्पु यादब सहित नरहा गाउँपालिका ४ का जय कुमार यादबले हातपात गरेको वडाध्यक्षको जोहरीलाई उदृत गर्दै प्रहरिले जनाएको छ । घटना लग्तै प्रहरि पुग्दा जय कुमार यादब र पप्पु यादबलाइ पक्राउ गरेका छन् ।
वडा अध्यक्ष यादबका अनुसार , आफू अफिस भित्र काम गरिरहेको बेला घरमा आगो लागेको सिफारिस गरिदन भनेको थियो । निजलाइ स्थलगत र प्रहरिको प्रतिबेदन अनुसार रोहबरमा बसिदिने भन्दा समेत नमानी आफूलाई गलहतथा लगाइ हात समातेर बिल्टु यादबका छोरा महेश यादवले बन्दुक तेर्साएर कुटपिट गरे । आफूले लगाएको आधी तोला सुनको सिक्री र बैंकबाट ल्याएको २५ हजार नगद समेत उनीहरुले लुटेर लगे ।
घटना बारे अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
विनय कु. यादव | सिरहा
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…