महोत्तरीमा भयँकर डकैती , बम पडकाएर डाँकाहरुले लाखौ लुटे !
पाँच लाख सहित लाखौ मूल्य बरावरको गरहगना समेत लुटपाट
२०७५ पुस २३ सोमबार, बिहान १०:१६ बजे१ मिनेट पढाइ

मनिष शर्मा, २३ पुस । महोत्तरीमा गएराती डाँकाहरुले बम पडकाएर करिब ५० लाख मूल्य बराबरको सरसमान तथा गरगहनाहरु लुटेर लगेका छन् ।
महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका वडा नं. २ भोल्हीमा आईतवार मध्यराती लुटपाट भएको छ । स्थानिय सख्खर र धान गहुँको व्यापारी राम सेवक यादवको घरमा १५ देखि २० जनाको समुहमा आएका डाँकाहरुले नगद पाँच लाख सहित लाखौ मूल्य बरावरको गरगहना समेत लुटपाट गरि भागेका छन् ।
गएराती १ बजे भएको डकैतीमा स्थानियलाई डराउन तथा तर्साउनका लागि डाँकाहरुले हातले बनाएको बम समेत ब्लास्ट गरेको मनरासिस्वाका मेयर संजय सिंहले बताए । विहान चार बजे शसस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा थप एक बम डिस्पोज गरेका थिए । यता , राती नै खवर पाएका नगरप्रमुख सिंह तत्काल घटनास्थल पुगेर क्षतिवारे जानकारी लिदै पिडितलाई सान्त्वना दिए ।
डाँकाहरुले पिडित यादवको गोदाममा समेत प्रवेश गरि तोडफोड गरेका थिए । गोदाममै सुतेका यादवका मुन्सी(लेखापाल)को हातखुटटा समेत वाधेका थिए । यता डाँकाहरु दुई समुहमा विभाजित भई अर्को समुह घरमै प्रवेश गरि परिवारका सदस्यहरुलाई थुनेर करिव एक घन्टासम्म लुटपाट गरेको स्थानिय राजन ठाकुरले वताए ।
यता प्रहरीले समेत बमको जवाफमा २ राउण्ड गोली चलाएपछि डाँकाहरु भारततिर भागेका थिए । भोल्ही सिमा नजिकै रहेको र विचको खाली भाग खुल्ला भएकोले डाँकाहरुलाई भाग्न सहज भएको नगरप्रमुख सिंहले बताए ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी खगेन्द्र वहादुर खडका सहितको टोली डाँकाको खवर पाए लगतै घटना स्थल पुगेका थिए । प्रहरीले गोली चलाएपछि डाँकाहरु भागेको र सोहि वेला देखि निरन्तर खोजविन तथा घटनाको अनुसन्धान भईरहेको डिएसपी खड्काले बताए ।
पत्रकार रञ्जन भण्डारीको सहयोगमा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
मनिष शर्मा
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…