औरही गाउँपालिकामा तालाबन्दी
गाउँपालिकामा व्यापक भ्रष्टाचार भइरहेको युवाहरुको आरोप ।

२०७५ पुस १५ आइतबार, दिउँसो १२:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको औरही गाउँपालिकामा तालाबन्दी गरिएको छ । विगत ९ महिनाअघि मागिएको सूचना हालसम्म गाउँ कार्यपालिकाद्धारा उपलब्ध नगराइएपछि बेतिथि विरुद्ध गठित स्वतन्त्र यूवा समाजले गाउँपालिकाको कार्यालयमा आईतवार तालाबन्दी गरेका हुन् ।
सूचनाको हक प्रयोग गरी गत आर्थिक वर्ष र यस आर्थिक वर्षको बजेट विवरण तथा बिल भरपाईको सूचना माग्दा आजभोली गर्दागर्दै आलटाल गरेपछि तालाबन्दी नै गर्न बाध्य हुनुपरेको स्वतन्त्र युवा समाजका अध्यक्ष दिपेन्द्र यादवले बताए ।
कार्यालयमा ३२ कर्मचारी रहेको र नियमित कर्मचारी समेत उपस्थित नहुने गरेका कारण सेवाग्राहीले सास्ति भोग्नु परेको उनीहरुको आरोप छ । गाउँपालिकामा व्यापक भ्रष्टाचार समेत भइरहेको युवाहरुले आरोप लगाए ।
गापा प्रमुख र वडाध्यक्ष एकअर्कामा दोष लगाउँदै मिलेमतोमा बिकासको बजेट र आफ्नै कार्यकर्तालाई ठेक्कापट्टा दिई कमिसन खाने गरेको समितिको ठहर छ ।
युवाहरुले यसअघि गापाका सबै वडाहरुमा ‘भ्रष्टाचार विरुद्धको भन्डाफोर अभियान’ समेत चलाएको थियो । अन्ततः बाध्य भएर तालाबन्दी गरेका युवाहरु आफूहरुको माग पुरा नभए र बेतिथि अन्त्य नभए संघर्ष जारी राख्ने बताएका छन् ।
यस प्रकरणका अन्य समाचारहरु पनि पढनुहोस् ।
औरही गाउँपालिकाका युवाहरुले भ्रष्टाचार विरुद्ध अभियान थाले
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…