औरही गापाका युवाहरु टोलटोलमा भ्रष्टाचार विरुद्धको अभियान तताउँदै

२०७५ असार २७ बुधबार
बेलुकी ७:२५ बजे

न्यूज ब्यूरो |

सिरहा, २७ असार । सिरहाको औरही गाउँपालिकाका युवाहरुले सञ्चालन गरेको भ्रष्टाचार विरुद्धको अभियान गापाका विभिन्न वडाहरुमा तताएका छन् । गापामा मौलाइरहेको भ्रष्टाचार नियन्त्रण गर्नका लागि स्वतन्त्र युवा समाज औरहीका युवाहरुले आज तेश्रो दिन पनि अभियानलाई निरन्तरता दिएका हुन् ।

 

बिकास निर्माण र बजेटलगायतकामा अनियमितता भईरहेको भन्दै युवाहरुले खबरदारी अभियान थालेका छन् । अभियानका क्रममा जुनसुकै वडामा भ्रष्टाचार गर्ने, सूचना लुकाउने, सूचना दिन आनाकानी गर्ने जो कोहीलाई नछाड्ने युवाहरुले खबरदारी गर्दै आएका छन् ।

 

युवाहरुले भ्रष्टाचार विरुद्धको अभियानसँगै हस्ताक्षर अभियान पनि सञ्चालमा राखेका छन् । अभियानको अन्त्यमा एकदिन गाउँपालिकाको कार्यालय घेराउ र धर्ना कार्यक्रम समेत गर्ने जनाइएको छ ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जसपाकी साँसद मन्जु शर्मा अन्सारीको मृत्यू

  • २०७५ असार २७ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  प्रतिनिधि सभा सदस्य  मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा ६० वर्षको उमेरमा निधन भएको हो । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट

पूरा पढ्नुहोस्

Bureau Menus

} }