मधेशको प्राविधिक शिक्षाको व्यवस्था आफै गर्छौ : मन्त्री साह
जनकपुरधाम, ११ पुस । प्रदेश नं. २ का समाजिक विकास मन्त्री नवल किशोर साहले संघीय व्यवस्थाको तीन तहको सरकारमा संघीय विज्ञान प्रविधि तथा शिक्षा मन्त्रालयका मन्त्रीले शिक्षालाई गृह मन्त्रालयमा थन्क्याएर न्याययोचित कार्य नगरेको आरोप लगाएका छन् । उनले आजको २१ औं शताब्दीको युगमा प्राविधिक शिक्षाको बिना कल्प

२०७५ पुस ११ बुधबार, बेलुकी ६:१७ बजे१ मिनेट पढाइ

जनकपुरधाम, ११ पुस । प्रदेश नं. २ का समाजिक विकास मन्त्री नवल किशोर साहले संघीय व्यवस्थाको तीन तहको सरकारमा संघीय विज्ञान प्रविधि तथा शिक्षा मन्त्रालयका मन्त्रीले शिक्षालाई गृह मन्त्रालयमा थन्क्याएर न्याययोचित कार्य नगरेको आरोप लगाएका छन् ।
उनले आजको २१ औं शताब्दीको युगमा प्राविधिक शिक्षाको बिना कल्पना गर्न नसक्ने अवस्था रहेको बताए । उनले प्राविधिक शिक्षा बिना जीवनको कल्पना गर्न नसक्ने भएकोले समयानुकूल सिटिईभिटीले समेत परिवर्तनको अनुभुति गराउने किसिमले शिक्षालाई प्रान्तिय व्यवस्थामा ल्याउनुपर्नेमा जोड दिए । सिटिईभिटीले यस वर्ष ६ हजार प्राविधिकलाई ट्रेण्ड गर्न लागेको जानकारी गराउँदै प्रदेशको प्राविधिक शिक्षाको व्यवस्था आफै गर्ने दाबी गरे ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् द्वारा आयोजित ३६ औं व्यवस्थापन समिक्षा गोष्ठीमा बोल्दै मन्त्री साहले आफ्नो प्रदेशको जनताको लागि प्राविधिक शिक्षालाई अगाडी बढाउने विषयमा चिन्तन मनन् गर्दै आगाडी बढ्नुपर्नेमा जोड दिए ।
देशकै २६ प्रतिशत जनसंख्या ओगटेको प्रदेशलाई प्राविधिक शिक्षा मात्र दिन सकिए देश तथा विदेशमा राम्रो आर्थिक उन्नति गर्न सक्ने भएकोले प्राविधिक शिक्षाबाटै प्रदेशको आर्थिक अवस्था सुधार हुनेमा विश्वास प्रकट गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…