वृद्धभत्ता जुवामा उडाउँदै वडाध्यक्ष !
प्रहरीको टोलि छापा मार्न जादा वार्ड अध्यक्ष सहितको टोलिको भगाभाग ।

२०७५ कार्तिक २४ शनिबार, बिहान १०:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको माधव नारायण नगरपालिका मिठुअवा वडा नं. ५ का वडा अध्यक्ष जमिअख्तर मन्सुरी सहित केही सर्वसाधारणहरु जुवा तास र कौडा खेलीरहेको फोटो बहिरिए पछि सो क्षेत्रमा हडक्म्प मचेको छ ।
शुक्रबार मन्सुरि जन निर्वाचित वार्ड अध्यक्ष भएर पनि जुँगा कउरि खेल्दै र खैलाउदै समाजमा विकृति फैलाउने कार्य गरेको भन्दै स्थानीय प्रहरीलाई गाउँहरुले खबर गरेपछि प्रहरीको छापापछि सो क्षेत्रमा भागाभाग र हडकम्प मचेको नाम नखोल्ने शर्तमा एक स्थानीयले बताए ।
लाखौं रकम लिइ नजिकैको स्थानीय राम मन्दिर छेउमा केही खराब आचरणका व्यक्ति विशेषलाई निम्तो गरि जुगा कउडी खेलाउन व्यस्त रहेको मन्सुरिको फोटो भाइरल भएपछि स्थानीय सर्वसाधारणमा चर्चाको विषय बनेको छ।
तत्कालीन माओवादी पार्टीबाट टिकट लिएर चुनाव जिति वडा अध्यक्षमा निर्वाचित भएका मन्सुरिको यो हर्कत बाट गाउँ समाज र पार्टीको बदनाम भैरहेको स्थानीय श्याम गुप्ताले बताए ।
मंसुरीले बुद्ध भता वितरण नगरी गाउँमा नगरको गरिबहरुले पाउनु पर्ने भताले मस्ती गर्दै आएका गुप्ताको आरोप छ । सुकदैब चोक प्रहरी चौकिका असई बबुल झा सहितको टोलि छापा मार्न जादा वार्ड अध्यक्ष सहितको टोलिको भगाभाग भएको थियो ।
यता, वडाअध्यक्ष मन्सुरीले आफुले जुवा तासमा संलग्न नहरेको र त्यस्तो कार्य आफ्नो गाउँमा नभएको दाबी गरेका छन् । जुवा खेल्दै गरेको तस्विरको सन्दर्भमा उनले केही बताएनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…