लव म्यारेज गरेकी रुवीलाई पत्तिले गरे कुटिकुटी हत्या !
रुवीका माइतपक्षले छोरीको छातीमा ढुंगा प्रहार गरी हत्या भएको उसको छिमेकहरुले बताएको दावी !

२०७५ कार्तिक ११ आइतबार, बिहान १०:०९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लव म्यारेज (प्रेम विवाह) गरेकी धनुषाकी एक चेलीलाई उनकै पत्तिलेक कुटि कुटि हत्या गरेका छन् ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं. ४ सपही बस्ने २४ बर्षिय रुवी ठाकुरलाई उनकै पत्ति बर्ष २८ का संजय यादवले कुटीकुटी हत्या गरेको रहस्य बाहिर आएको छ ।शुक्रबार साँझै करिब ७ बजे पत्नी रुवीलाई संजयले कुटपीट गरेर वेहोस् छाडेर स्थानीय एकजना डाक्टर बोलाउन गएका थिए । डाक्टर आएर उपचार गर्दा अलिक होस् आएको र एकछिमै मृत्यु भएको डाक्टरको कुरा उदृत गर्दै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अरुण कुशवाहाले बताए । तर डाक्टर बोलाउन गएका पति संजय भने उत्तैबाट फरार भएका छन् ।
स्थानीयका अनुसार तीनदिनदेखि पति पत्नी बिच विवाद हुँदै आएको र त्यसक्रममा संजयले रुवीलाई कुटपीट गर्दै आएका थिए । रुवीको कुटपीट र यात्नाबाट मृत्यु भएको प्रहरी निरीक्षक कुशवाहाले बताए । शवलाई शुक्रवार राती नै पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको थियो भने फरार पतिको खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ ।
यता, रुवीका माइतपक्षले छोरीको छातीमा ढुंगा प्रहार गरी हत्या भएको उसको छिमेकहरुले बताएको दावी गरेको छ ।
कसरी भयो हत्या ?
धनुषाको मिथिला विहारी नगरपालिका ७ तरापट्टी बस्ने रामप्रगास ठाकुरकी छोरी रुवीको ६ वर्ष अघि समाजिक परम्परा अनुसार आफ्नै जातमा सर्लाहीको कविलासामा संजय ठाकुर भन्ने केटासंग विवाह भएको थियो ।
तर त्यसको एकवर्ष नवित्दै रुवी भागेर धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ सपहीका संजय यादवसंग भागेर अन्तरजातीय प्रेम विवाह गरेकी थिइन् । त्यसैले त्यतिबेलादेखि नै रुवीको माइतसंग सम्बन्ध चिसिएको र जातआजत समेत नरहेको रुवीका भाई विनोद ठाकुरको भनाई छ ।
शुक्रबार साँझ ८ बजेतिर रुवीको हत्या भएको कुरा छिमेकहरुले बताएपछि आफुलाई थाहा भएको भाई विनोदले बताउनुभयो । भाई विनोदका अनुसार संजय बदमास केटो रहेको र केहिदिन अघि रुवीले आफ्नो सुन बेचेर पैसा राखेको कुरा थाहा पाएपछि संजयले पैसा लिन रुवीलाई कुटपीट र यात्ना दिँदैआएका थिए ।
र शुक्रबार साँझ सोहि क्रममा रुवीको कुटपीट गरी हत्या गरेको स्थानीयले आफुलाई जानकारी गराएको विनोदले बताउनुभयो । उहाँले रुवीको हत्यामा संलग्न पति लगायत सबैलाई कडा कार्वाही हुनुपर्ने माग गर्नुभयो ।
संजय ट्रक चालक रहेको र विहे भएकै बेलादेखि संजयले बेला बेला रुवीलाई कुटपीट गर्दै आएको स्थानीयले बताएका छन् । रुवीको दुई वर्षीया एक छोरी छन् ।
उज्यालो अनलाईनको सहयोगमा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…