'अब केन्द्र सरकारसँग हात जोडनु पर्दैन ': मुख्यमन्त्री राउत
संजय सहनी, रौतहट । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउत गद्दीले आफ्नै सरकार भएपछि केन्द्र सरकारसँग जनताले हात जोडनु नपर्ने बताएका छन् । १२ प्रतिशत मुस्लिम जन संख्या भएको यस प्रदेशमा संघिय केन्द्र सरकारद्धारा विभिन्न वहानामा हक अधिकार कुंठित गरेको हुँदा तपाईहरुको आफनो सरकार छदा छदै केन्द्र स

२०७५ कार्तिक ८ बिहीबार, राति ९:१९ बजे२ मिनेट पढाइ

संजय सहनी, रौतहट । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउत गद्दीले आफ्नै सरकार भएपछि केन्द्र सरकारसँग जनताले हात जोडनु नपर्ने बताएका छन् ।
१२ प्रतिशत मुस्लिम जन संख्या भएको यस प्रदेशमा संघिय केन्द्र सरकारद्धारा विभिन्न वहानामा हक अधिकार कुंठित गरेको हुँदा तपाईहरुको आफनो सरकार छदा छदै केन्द्र सरकार संग हात जोड्नु वा शिर नझुकाउन समेत प्रदेश प्रमुख गद्दीले आग्रह गरे ।
केन्द्र सरकार प्रति आक्रोशित बन्दै प्रदेश सरकार प्रमुख गद्दीले विगतका दिनहरुमा दिदै आएका इद, बकरिद, भाई टिका र छठ पर्व लगायतका विदाहरु बदनियतपूर्ण तवरबाट कटौती गरेपनि प्रदेश सरकार ति सवै पर्वको विदा दिएकोमा केन्द्र संग हात नफैलाउन समेत उनले अपिल गरे ।
राज्यको हेपहा एवं सौतेला व्यवहारलाई चिर्दै शिक्षा माथि जोड दिएर यहाँका जनताहरुलाई पूर्ण साक्षर बनाउने उनले बताए ।
विगतका सरकारहरुले मधेशी, आदिवासी जनजाती, महिला, मुस्लिम लगायतका वर्ग माथि दमन शोषण गरेर शिक्षाबाट बंचित गराएको हुँदा सबै भन्दा बढि अशिक्षित प्रदेश नम्वर २ मै रहेको गद्दीले बताएका छन ।

जमिअत उलमाए नेपालद्धारा रौतहट सदरमुकाम गौरमा विहिबार “अल नेपाल शैक्षिक जागरण सम्मेलन” लाई सम्बोधन गर्दै मानव सुचाँकको दृष्टिकोर्णबाट ७ प्रदेशमा सबै भन्दा पछि रौतहट रहेकोमा यहाँ अशिक्षाका कारण प्रमुख समस्या रहेको उनले बताए ।
प्रदेशलाई संकुचित पारेर संघियतालाई धरापमा पर्ने षड्यन्त्रण केन्द्र सरकारबाट भईरहेको तथा यस प्रदेशलाई हेपहा प्रवृति अपनाएको हुँदा यहाँका जनताहरुलाई चाहिने आवश्यकक्तालाई परिपुर्ती गराउन हाम्रो दायीत्व भएको उलने स्वीकारे ।
राज्य सत्ताधारीले नेपाली नागरिकलाई समान अधिकार नदिएका कारण यहाँ धेरै थिचोमिचो रहेकोमा उक्त कार्यलाई चिर्न तथा मुस्लिमहरुको अधिकार सुनिश्चित गराउन मदर्शा बोर्ड लगायतका कार्यहरुमा प्रदेश सरकार गम्भीर रहेको उनले बताए ।

संघिय केन्द्रीय सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणी पोखरेलले वर्तमान प्रधानमन्त्री केपी आलीको नेतृत्वमा रहेका सरकारले हरेक नेपाली जनतालाई शिक्षित बनाएर नेपालबाट अशिक्षालाई सधैको लागि अन्त्य गर्ने नितिका साथ कार्ययोजनाहरु अघि बढाएको बताए ।
नेपालमा बसोबास गर्ने नेपाल जनताहरु बहँु भाषिक एवं बहुँ साँस्कृति रहेको हुदा यो बर्ष सरकारको पहिलो प्राथमिकता विद्यालय भर्ना अभियानलाई पूर्ण रुपमा सफल बनाएपछि अगामी बर्षमा विभिन्न समुदायका मातृभाषामा लिएका शिक्षालाई मान्यता दिने तर्फ वर्तमान सरकार गृहकार्य अघि बढाएको स्पष्ट पारे ।

जमिअत उलमाए नेपालको अध्यक्ष मौलाना अब्दुल अजिज सिद्धिकीको अध्यक्षतामा सम्पन्न उदघाटन सत्रमा जमिअत उलमाए हिन्दका महासचिव मौलाना महमुद अशहद हुसैन मदनी, दरुल उलुम देवबन्त मुस्लिम विश्वविद्यालय उत्तर प्रदेशका प्रध्यापक मौलाना शलमान, राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा, नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साह, प्रतिनिधि सभा साँसदहरु, प्रदेश सभा साँसदहरु लगायत विभिन्न स्थानहरुबाट आएका मौलानाहरुले सम्बोधन गरेका थिए ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…