गौरका नापी अधिकृत लाल विरुद्ध विशेष अदालतमा मुद्दा दायर
आयोगले ३१ साउनमा उनलाई आफ्नो नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडी बढाएका थिए ।

२०७५ भदौ २८ बिहीबार, बिहान ९:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय गौरका नापी अधिकृत धिरेन्द्रकुमार लालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार नापी अधिकृत लाललाई जग्गाको अंशबण्डाको कित्ताकाट गर्ने प्रयोजनाका क्रममा सेवाग्राहीसँग रु १५ हजार घुस लिएको अभियोग लागेको छ ।
गत साउन ३१ गते गौर नगरपालिका–८, सरुअठा निवासी रामगणेश ठाकुरको कित्ताकाट गर्नेक्रममा नापी अधिकृत लालले घुस रकम लिँदैगर्दा आयोगको टोलीले रंगेहात पक्राउ परेको थियो ।
आयोगले ३१ साउनमा उनलाई आफ्नो नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडी बढाएका थिए ।
यस सम्बन्धी पहिलो समाचार
रौतहटका नापी अधिकृत घुस रकमसहित समातिए |
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…