हुलाकी राजमार्ग निर्माण कार्य छिट्टै तिव्रता पाउने : नेता अरगरिया
बन्द अवस्थामा रहेको रेल्वे, कलकाराखाना, मेडिकल कलेजहरु समेत संचालनका लागि सरकार गृहकार्यमा जुटेको !

२०७५ भदौ १८ सोमबार, दिउँसो ४:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा | प्रदेश नं. २ धनुषा जिल्ला निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधि सभा सदस्य उमा शँकर अरगरियाले निर्माणधीन एवम् जीर्ण हुलाकी राजमार्ग सडक निर्माण छिट्टै तिव्रता पाउने बताएका छन् ।
धनुषाको औरही गाउँ पालिका वडा नं.२ परवाहा बजारमा हिन्दु धर्मावलम्बीहरुको चाड श्री कृष्ण जन्माष्टमीको अवसरमा निर्वाचन संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य एवं संघीय दलको प्रमुख सचेतक समेत रहेका अरगरियाले कृष्ण मेलाको उदघाटन र श्री कृष्ण मन्दिर को शिलान्यास गर्दै उनले हुलाकी राजमार्गको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा भईसकेको भन्दै शिघ्र नै निर्माण कार्य तिव्रता पाउने बताए ।
मधेसको लाईफ लाईनको रुपमा रहेको हुलाकी राजमार्ग निर्माणको लागि आफु प्रधानमन्त्री केपी शर्मा ओली तथा सम्बन्धित मन्त्रीहरु र ठेक्केदारहरु संग निरन्तर छलफल गरिरहेको जनाउँदै उनले समयमा काम नगर्ने ठेक्केदार विरुद्ध आफु उत्रने चेतावनी समेत दिए ।

बन्द अवस्थामा रहेको रेल्वे, कलकाराखाना, मेडिकल कलेजहरु समेत संचालनका लागि सरकार गृहकार्यमा जुटेको अरगरियाले थपे ।
यसैक्रममा प्रदेश नं. २ का प्रदेश साँसद एवम् वरिष्ठ समाजसेवी राम अशिष यादवले विशेष उपस्थिति जनाउँदै भगवान श्रीकृष्णको महिमा बारे चर्चा गर्दै असत्यमाथि सत्यको विजय र अधर्म माथि धर्मको विजयी हुने बारे संक्षिप्त मनमोहक शब्दहरु उपर वर्णन गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…