महोत्तरीमा ९ महिने शिशुको बलात्कारपछि हत्या !!!

बच्चा चोरेर लग्ने व्यक्तिको मुखौटा पसलको सिसिटीभी क्यामेरामा पहिचान भइसकेको छ ।

२०७५ भदौ ११ सोमबार
बेलुकी ६:३९ बजे
न्यूज ब्यूरो , प्रदेश नं. २


न्यूज ब्यूरो, नेपाल । महोत्तरीमा ९ महिने शिशु (बालिका) लाई बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ ।  

 

आईतबार साँझ महोत्तरीको औरही नगरपालिका वडा नं. १ स्थित आफ्नै फैन्सी पसलमा खेलिरहँदा एक अज्ञात व्यक्तिले बालिकालाई चोरेर भागेका थिए । सोमबार दिउँसो खोजतलासमा निस्केका स्थानीयहरु भँगहा नगरपालिका वडा नं. ७ मेघनाथ गोरहन्ना स्थित आँपको बगैँचामा शव फालिएको अवस्थामा फेला परेको हो । 

 

पोष्टमार्टम गरेका चिकित्सकले समेत अनौपचारिक रुपमा बलात्कार भएको बताएपनि पोष्टमार्टमको अधिकारिक रिपोर्ट नआउन्जेल शंका मात्र भन्न सकिने बताइएको छ । 

शवको प्रकृति हेर्दा बलात्का गरिएको बुझिएपनि अधिकारिक पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र पूर्णत पुष्टि र अधिकारिक मानिने जनाइएको छ । 

 

शव फेला परेपछि पोष्टमार्टमको लागि जलेश्वर अस्पतालमा लगिएको तथा चिकित्सकले ती ९ महिने शिशुलाई बलात्कार गरी घाँटी थिचेर हत्या गरिएको  देखिएको छ, तर औपचारिक पुष्टि भने भइनसकेको छ ।  शिशु उपर बलात्कार गरेर हत्या गरिएको आशंका जिल्ला प्रहरी कार्यालय महोत्तरीले गरेको छ । - अधिकारिक पुष्टि हुन बाँकी छ । 

 

 पोस्टमार्टममा सङ्ग्लन  जिल्ला अस्पताल जलेश्वरमा कार्यरत चिकित्सक डाक्टर स्वाती गुप्ताले  ती बालिकाको योनाङ्ग र मलद्वारमा कुनै ठाेस बस्तुको गहिरो चोट रहेका कारण बालिकाको मृत्यु भएको बताउनुभयो ।

चिकित्सक गुप्ताको अनुसार शरीरको अन्य भागमा समेत निलडाम रहेको र योनाङ्गमा मलद्वारमा रगतको टाटा समेत देखिएको उहाँले जानकारी दिनुभयो । बच्चा चोरेर लग्ने व्यक्तिको मुखौटा पसलको सिसिटीभी क्यामेरामा पहिचान भइसकेको तथा प्रहरी चारैतर्फ सक्रियता बढाएको जनाइएको छ ।

 

 

 

यो घटनासँग सम्बन्धित समाचारहरु पढनुहोस |

 

1. महोत्तरीको औरहीबाट ९ महिने बालिका अपहरण !

2. अपरहणमा परेकी ९ महिने बालिका खोज्न निस्कीयो महोत्तरीका व्यापारीहरुको जमात !

3. अपहरण अपडेट : महोत्तरीबाट अपहरित ९ महिने बालिकाको शव खेतमा भेटियो !

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 3%
  • 97%

चर्चित डान्सर प्रिति पासवानसँग जोडेर निजी भिडियो प्रसारित, सामाजिक सञ्जालमा व्यापक चर्चा

  • २०७५ भदौ ११ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  चर्चित नृत्याङ्गना प्रिति पासवानसँग जोडेर एक निजी प्रकृतिको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा प्रसारित भएपछि त्यसले व्यापक चर्चा पाएको छ।  पछिल्ला केही दिनयता फेसबुक, टिकटक, म्यासेन्जर तथा

पूरा पढ्नुहोस्

Bureau Menus