महोत्तरीमा ९ महिने शिशुको बलात्कारपछि हत्या !!!

बच्चा चोरेर लग्ने व्यक्तिको मुखौटा पसलको सिसिटीभी क्यामेरामा पहिचान भइसकेको छ ।

२०७५ भदौ ११ सोमबार
बेलुकी ६:३९ बजे
न्यूज ब्यूरो , प्रदेश नं. २


न्यूज ब्यूरो, नेपाल । महोत्तरीमा ९ महिने शिशु (बालिका) लाई बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ ।  

 

आईतबार साँझ महोत्तरीको औरही नगरपालिका वडा नं. १ स्थित आफ्नै फैन्सी पसलमा खेलिरहँदा एक अज्ञात व्यक्तिले बालिकालाई चोरेर भागेका थिए । सोमबार दिउँसो खोजतलासमा निस्केका स्थानीयहरु भँगहा नगरपालिका वडा नं. ७ मेघनाथ गोरहन्ना स्थित आँपको बगैँचामा शव फालिएको अवस्थामा फेला परेको हो । 

 

पोष्टमार्टम गरेका चिकित्सकले समेत अनौपचारिक रुपमा बलात्कार भएको बताएपनि पोष्टमार्टमको अधिकारिक रिपोर्ट नआउन्जेल शंका मात्र भन्न सकिने बताइएको छ । 

शवको प्रकृति हेर्दा बलात्का गरिएको बुझिएपनि अधिकारिक पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र पूर्णत पुष्टि र अधिकारिक मानिने जनाइएको छ । 

 

शव फेला परेपछि पोष्टमार्टमको लागि जलेश्वर अस्पतालमा लगिएको तथा चिकित्सकले ती ९ महिने शिशुलाई बलात्कार गरी घाँटी थिचेर हत्या गरिएको  देखिएको छ, तर औपचारिक पुष्टि भने भइनसकेको छ ।  शिशु उपर बलात्कार गरेर हत्या गरिएको आशंका जिल्ला प्रहरी कार्यालय महोत्तरीले गरेको छ । - अधिकारिक पुष्टि हुन बाँकी छ । 

 

 पोस्टमार्टममा सङ्ग्लन  जिल्ला अस्पताल जलेश्वरमा कार्यरत चिकित्सक डाक्टर स्वाती गुप्ताले  ती बालिकाको योनाङ्ग र मलद्वारमा कुनै ठाेस बस्तुको गहिरो चोट रहेका कारण बालिकाको मृत्यु भएको बताउनुभयो ।

चिकित्सक गुप्ताको अनुसार शरीरको अन्य भागमा समेत निलडाम रहेको र योनाङ्गमा मलद्वारमा रगतको टाटा समेत देखिएको उहाँले जानकारी दिनुभयो । बच्चा चोरेर लग्ने व्यक्तिको मुखौटा पसलको सिसिटीभी क्यामेरामा पहिचान भइसकेको तथा प्रहरी चारैतर्फ सक्रियता बढाएको जनाइएको छ ।

 

 

 

यो घटनासँग सम्बन्धित समाचारहरु पढनुहोस |

 

1. महोत्तरीको औरहीबाट ९ महिने बालिका अपहरण !

2. अपरहणमा परेकी ९ महिने बालिका खोज्न निस्कीयो महोत्तरीका व्यापारीहरुको जमात !

3. अपहरण अपडेट : महोत्तरीबाट अपहरित ९ महिने बालिकाको शव खेतमा भेटियो !

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 3%
  • 97%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०७५ भदौ ११ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus

} }