जनकपुरबाट काठमान्डौँ जाँदै गरेको माइक्रो खस्दा १४ जना घाइते, ५ जनाको नाम खुल्न बाँकी
दुर्घटनामा घाइते भएका अन्य पाँच जनाको परिचय खुल्न बाँकी छ । घाइतेहरूको अवस्थाबारे थप विवरण प्राप्त हुन बाँकी रहेको छ ।

२०८३ मंसिर १ मंगलबार, बेलुकी ५:१८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरबाट काठमाडौं आउँदै गरेको माइक्रोबस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दुर्घटनामा अन्य ५ जना यात्रुको विवरण खुल्न बाँकी रहेको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा प्र.०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस आफैँ अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेको बताइएको छ ।
दुर्घटनामा धनुषाको शहीदनगर नगरपालिका–८ का चालक दीपक कुमार दास, शहीदनगर–७ की १७ वर्षीया रानी कुमारी मण्डल, शहीदनगर–२ का १४ वर्षीय पियुष गोहित, १५ वर्षीय आयुष गोहित र १२ वर्षीया रुबी गोहित घाइते भएका छन् ।
त्यस्तै, धनुषा स्थायी घर भई ललितपुरको भैँसेपाटी (हाल) की ३६ वर्षीया प्रियाङ्का साह र उनका छोरीहरू १६ वर्षीया जेनी साह, ११ वर्षीया सफलता साह तथा ३ वर्षीया ओमी साह पनि घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका अन्य पाँच जनाको परिचय खुल्न बाँकी छ । घाइतेहरूको अवस्थाबारे थप विवरण प्राप्त हुन बाँकी रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…