जनकपुरको चर्चित टिकटोकर बुदर पासवानको मृत्यू !
टिकटकमा लोकप्रिय भएका बुदुर पासवानलाई माया गर्नेको सँख्या अधिक रहेको थियो । चर्चित टिकटोकर अनुहारसँग समेत टिकटोक बनाएका उनको आज मृत्यु भएको हो ।

२०८३ कार्तिक ३० सोमबार, बेलुकी ५:४५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको चर्चिट टिकटोकर बुदुर पासवानको मृत्यू भएको छ । समाजिक सँजाल टिकटकमा हँसी मजाकको रुपमा चिनिएका बुदुर पासवानको मृत्यू भएको हो ।
उनको आज अपरान्ह मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषाको औरही गाउँपालिका वडा नं. १ पौडेश्वर जनकपुर सडकखण्डमा सिकिस्त विरामी अवस्थामा भेटिएका बुदुरको उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।
टिकटकमा लोकप्रिय भएका बुदुर पासवानलाई माया गर्नेको सँख्या अधिक रहेको थियो । चर्चित टिकटोकर अनुहारसँग समेत टिकटोक बनाएका उनको आज मृत्यु भएको हो ।
प्रहरीका अनुसार, पौडेश्वरस्थित उनी सडक छेउमा रगतको वान्ता गरेको अवस्थामा फेला परेको थियो । उपचारको लागि जनकपुर लगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको जनाइएको छ ।
धनुषाको शहिदनगर नगरपालिका वडा नं. ४ ननुपट्टिका स्थायी वासिन्दा रहेका बुदुर समाजिक सँजाल टिकटोकमा चर्चित हुन् ।
सामाजिक सञ्जाल टिकटकमा सामान्य जनजीवन र हास्यव्यङ्ग्यलाई समेटेर बनाइने भिडियोका कारण बुदुर पासवान स्थानीय दर्शकमाझ परिचित थिए । उनको प्रस्तुतिमा देखिने सहजता र मनोरञ्जनात्मक शैलीले उनलाई टिकटक प्रयोगकर्तामाझ चिनाएको थियो ।
टिकटकमा विभिन्न चर्चित व्यक्तिहरूसँग समेत भिडियो बनाएका पासवानका सामग्रीलाई धेरैले रुचाउने गरेका थिए । उनको निधनको खबरपछि उनलाई चिन्ने तथा उनका भिडियो हेर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दुःख व्यक्त गरिरहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…