अपरहणमा परेकी ९ महिने बालिका खोज्न निस्कीयो महोत्तरीका व्यापारीहरुको जमात !

वच्चा लगिएको थाहा पाएपछि वालिका कि आमा छिन छिन मा मुर्छा पर्ने गरेकि छिन ।

२०७५ भदौ ११ सोमबार
दिउसो १२:२२ बजे
न्यूज ब्यूरो , प्रदेश नं. २

न्यूज ब्यूरो, नेपाल । आईतवार साझ अपहरण भएकि वालिका खोज्न औरहीका व्यापारीहरु पसल वन्द गरेर निस्केका छन । 

प्रहरी समेतले वालिका खोजिरहेपनि अझै वालिका फेला नपरेपछि स्थानिय व्यापारीहरु समेत वालिका खोज्न निस्केका हुन । महोत्तरी उद्योग वाणिज्य संघ औरही शाखा अध्यक्ष श्रवण चौधरीको नेतृत्वमा वसेको स्थानिय व्यापारीहरुको वैठकले वालिका खोज्न पसलहरु वन्द गरेरै हिड्ने निर्णय गर्दै उनीहरु पसल बन्द गरेर वालिका खोज्न निस्केका हुन ।

आईतवार साझ मात्र महोत्तरीमा एक सात महिने वालिका आफ्नै पसलमा खेल्दै गर्दा एक अपरिचत व्यक्तिले झुक्याएर लगेको थियो ।  औरही नगरपालिका वडा नं. १ स्थित फैन्सी पसलको काउण्टरमा खेल्दै गरेकि वालिका सो**ली चौधरीलाई अपरिचित व्यक्तिले लगेका थिए । वच्चा लग्ने व्यक्तिको सिसिटिभी फुटेजबाट पहिचान भैसकेको र तिव्ररुपमा खोजविन भैरहेको महोत्तरीका एसपी ईश्वर कार्कीले बताए ।

उनले महोत्तरी तथा छिमेकि जिल्लाका प्रहरीहरु समेत सकृय भई वच्चाको खोजविन गरिरहेको वताए । आरोपीको पहिचान भैसकेकोले वच्चालाई उद्धार सकुसल उद्धार गर्नेमा आफुहरु विश्वस्त रहेको समेत उहाले थपे । यता साझ ६ः३० मा भएको घटनाको अवेर राती ८ः३० पछिमात्र जानकारी आएको उहाले बताए ।

आईतवार साझ ६ः३० मा पसलमा आएका उक्त अपरिचित व्यक्तिले वच्चा कि आमालाई म दाईलाई चिन्छु भन्दै वच्चा खेलाउन थालेको र सोहि क्रममा झुक्याएर लगेको वालिकाका पिता स**** चौधरीले बताए । उनले म आफै पसलमा नभएको र  वच्चा आमासंगै रहेको वेला वच्चा लगिएको हो ।

हालसम्म फोन मार्फत कुनै मांग नआएको वताउदै वालिकाका पिता चौधरीले वताए । यता वच्चा लगिएको थाहा पाएपछि वालिका कि आमा छिन छिन मा मुर्छा पर्ने गरेकि छिन । वालिकाको खोजीमा स्थानिय व्यापारी,वडाअध्यक्ष,पुर्व वडाअध्यक्ष तथा स्थानियहरुका साथै प्रहरी समेत सकृय छन । व्यापारीहरुले अझै सशक्त रुपमा वच्चाको खोजविन गर्न प्रहरीलाई दवाव दिने समेत वताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषा जनकनन्दिनीका किसानहरुलाई सिँचाईका लागि विद्युतिय मोटर वितरण

  • २०७५ भदौ ११ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाका किसानहरुलाई विद्युतिय मोटर वितरण कार्यक्रम सुरु भएको छ ।  जनकनन्दिनी गाउँपालिकाको कृषि शाखा मार्फत गाउँपालिकाको विभिन्न वडाका किसानहरुलाई विद्युतिय मोटर दिने कार्य सुरु

पूरा पढ्नुहोस्

Bureau Menus