छठ घाटमा सुरक्षा बसेका यादवको घाटमै धारिलो हतियार प्रहार गरी विभत्स हत्या !
परिचालन गरिने भएको छ । स्थानीयका अनुसार, पुरानो रिसबीका कारण यस्तो घटना भएको हुन सक्ने अनुमान छ ।

२०८३ कार्तिक ३० सोमबार, बिहान ८:४७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । गएराती छठ घाटमा छठ प्रसादको सुरक्षामा बसेका एक व्यक्तिको छठ घाटमै हत्या भएको खवर प्राप्त भएको छ ।
धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नं. २ चिरैया मतौनास्थित एक व्यक्तिको छठ घाटमै हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
छठ पर्वको दिन मतौनास्थित नदी घाटमा गएका सोही स्थान बस्ने मनेजर भन्ने अन्दाजी बर्ष ६० वर्षीय रामजतन यादवको धारिलो हतियार प्रहार गरी हत्या भएको स्थानीयहरुले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता ओमप्रकाश खनालका अनुसार, घाटमा व्यक्ति मृत फेला परेका छन् । रगतहरु देखिएको छ । प्रत्यक्ष हेदा उनको गालामा धारिलो हतियाको घाउ चोट देखिएको छ । अब शवलाई पल्टाएर हेरेपछि थप प्रकृति बताउन सकिन्छ ।
भर्खरै घटनास्थल पुगेका डिएसपीसहितको टोलीले डग टोली परिचालन गरिने भएको छ । स्थानीयका अनुसार, पुरानो रिसबीका कारण यस्तो घटना भएको हुन सक्ने अनुमान छ ।
यस घटनाबारे थप विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…