न्यूज ब्यूरो |
आईतवार साझ औरही नगरपालिका वडा नं. १ स्थित आफ्नै कस्मेटिक पसलबाटै अपहरणमा परेकि ७ महिना कि वालिका मृत भेटिएकि छन् ।
भंगहा नगरपालिका वडा नं। ७ मेघनाथ गोरहन्ना स्थित आपको वगैचामा आपकै रुखमुनी उनी मृत भेटिएकि हुन । उनको घाटी थिचेर मारेको घटना स्थलको प्रकृतिले देखाएको प्रहरीको भनाई छ ।

प्रतिनिधी सभा सदस्य शरत सिंह भण्डारीको घरबाट करिव ५ सय मिटरको दुरीमा फेला परेको वालिकाको शव नांगो अवस्थामा रहेको र कपडाहरु शव वरिपरि फालिएको प्रत्यक्षदर्शीहरुले वताए ।
घटना स्थलमै एउटा चशमा र विस्कुटको प्याकेट समेत फेला परेको छ । उक्त स्थान औरही वजारबाट करिव एक किलोमिटरको दुरीमा छ ।

यसरी भएको थिया अपहरण :
आईतवार साझ मात्र आफ्नै पसलमा खेल्दै गर्दा एक अपरिचत व्यक्तिले वालिका झुक्याएर लगेको थियो । औरही नगरपालिका वडा नं। १ स्थित फैन्सी पसलको काउण्टरमा खेल्दै गरेकि वालिका सोनाली चौधरीलाई अपरिचित व्यक्तिले लगेका थिए ।
वच्चा लग्ने व्यक्तिको सिसिटिभी फुटेजबाट पहिचान भैसकेको र तत्कालै उनको खोजी कार्य प्रहरीले जारी राखेका थिए । यता महोत्तरी उद्योग वाणिज्य संघ औरही शाखाले समेत औरहीका सवै पसलहरु बन्द गराई सवै व्यापारी वच्चाको खोजीमा सोमवार विहान निस्केको थियो ।
हाल घटना स्थलमा वालिकाका आफन्तहरु पुगेको र प्रहरीले मुचुल्का उठाईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा
- २०७५ भदौ ११ सोमबार
न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् । आईतबार जसपा
पूरा पढ्नुहोस्



