कार्तिक पूर्णिमा स्नानका लागि कमला नदीतर्फ श्रद्धालुको लर्को, हुलाकी सडकमा सवारीसाधनको ताँती
यससँगै कमला नदीका विभिन्न घाटहरूमा स्नानका लागि भक्तजनहरूको भीड बढ्ने अपेक्षा गरिएको छ ।

२०८३ मंसिर ७ सोमबार, बिहान ८:३१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । कार्तिक पूर्णिमा स्नानका लागि श्रद्धालु तथा भक्तजनहरू कमला नदीतर्फ प्रस्थान गर्न थालेका छन् । स्नानका लागि आजैदेखि कमला नदी जाने भक्तजनहरूको चहलपहल बढेको छ ।
ट्रयाक्टर, टेम्पो तथा परम्परागत बैलगाडामा चढेर श्रद्धालुहरू समूहगत रूपमा कमला नदीतर्फ गइरहेका छन् । हुलाकी सडक हुँदै कमला नदी पुग्ने भक्तजन तथा सवारीसाधनको ताँती देखिन थालेको छ ।
कार्तिक पूर्णिमाको अवसरमा भोलि बिहानैदेखि कमला नदीमा स्नान हुने धार्मिक परम्परा छ । यस अवसरमा धनुषा, सिरहा लगायत मधेशका विभिन्न जिल्लाबाट हजारौँ श्रद्धालु कमला नदीमा स्नान गर्न पुग्ने गर्दछन् ।
कार्तिक पूर्णिमामा कमला नदीमा स्नान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वासका कारण श्रद्धालुहरू रातिदेखि नै नदी किनारमा पुग्ने गर्छन् । विशेषगरी मिथिलाञ्चलमा कार्तिक पूर्णिमा स्नानलाई धार्मिक तथा सांस्कृतिक महत्त्वका साथ मनाइन्छ ।
यससँगै कमला नदीका विभिन्न घाटहरूमा स्नानका लागि भक्तजनहरूको भीड बढ्ने अपेक्षा गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…