रौतहट अपडेट : डुङगा दुर्घटनामा बेपत्ता दुई जनाको लास भारतबाट बरामद
अन्य तीन जना भने बेपत्ता नै रहेको छ ।

२०७५ भदौ १० आइतबार, बिहान १०:०१ बजे१ मिनेट पढाइ

सँजय सहनी |
रौतहट, १० भदौ । रौतहटको बकैयाँ नदिमा शनिबार साँझ भएको डुङगा दुर्घटनामा बेपत्ता भएकामध्ये दुई जनाको शव बरामद भएको छ ।
भारतको शिवहर जिल्लाको बेल्बा घाटबाट बेपत्ता भएकी रुना देवी पटेल र शान्ती देवी साहको लास बरामद भएको छ । डुङगा दुर्घटनापछि दर्जन बढी जना यात्रु नदिमै बेपत्ता भएपछि स्थानीय प्रशासनले उद्धार कार्य तीव्र पारेका छन् ।
राती नै खोजतलासको लागि नदि किनारै किनार गएपछि विहान भारत विहारको शिवहर जिल्लाको बेल्बाघाटबाट उनीहरुको लास बरामद गरेका हुन् ।
अन्य तीन जना भने बेपत्ता नै रहेको छ ।
यस सम्बन्धि थप समाचारहरु पढनुहोस
रौतहटको लाल बकैयाँ नदिमा डुङगा पल्टियो, ३० जना बेपत्ता, उद्धार कार्य जारी !
अपडेट : डुङगा दुर्घटनाबाट दर्जन बढीको उद्धार , दर्जन बढी अझ बेपत्ता
|
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…