मिर्चैयामा एक स्थानीयको घर भत्काएपछि चक्काजाम
तर, बिहान ३ बजे नै सबै सुतिरहेको अवस्थामा राजदेवले मान्छेहरू ल्याएर घर भत्काइदिएको पीडित परिवारको आरोप छ । घटनामा संलग्नलाई पक्राउ नगरिएसम्म आन्दोलन यथावत् रहने प्रदर्शनकारीहरूले बताएका छन् ।

२०८० माघ १३ शनिबार, बेलुकी ७:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मिर्चैयामा एक स्थानीयको घर भत्काइएपछि स्थानीयवासी आन्दोलित बनेका छन् ।
मिर्चैया नगरपालिका वडा नम्बर ५ का राजदेव कापरीले मिर्चैया नगरपालिका वडा नम्बर ६ का राजेशप्रसाद सिंहको घर भत्काइदिएका हुन् ।
सोही विषयमा पीडित परिवार र स्थानीयहरू अपरान्ह ४ बजेदेखि नै पूर्वपश्चिम राजमार्गमा टायर बाली प्रदर्शन गरिरहेका छन् । जसका कारण राजमार्गमा आवागमन अवरुद्ध बनेको छ ।
यो जग्गाको विषयमा अदालतमा मुद्दा चल्दै आएको थियो । सोही विषयमा नापजाँचका लागि शनिबार जिल्ला अदालत सिरहाबाट अमिन आउने भनिएको थियो ।
तर, बिहान ३ बजे नै सबै सुतिरहेको अवस्थामा राजदेवले मान्छेहरू ल्याएर घर भत्काइदिएको पीडित परिवारको आरोप छ । घटनामा संलग्नलाई पक्राउ नगरिएसम्म आन्दोलन यथावत् रहने प्रदर्शनकारीहरूले बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…