रौतहटबासीलाई चिसो मौसममा हजारौको न्यानो राहत वितरण गर्दै माण्डवी
राहत सामाग्रीहरुमा ज्याकेट, उनीका सुईटर, उनीका मोजा, थर्मश, तातो पानी राख्ने थर्मस , सिरक(फोम) २ केजी, सिरक(कपास) ६ देखि १० केजी, पि फम ( ६.५ फिट लम्वाई), त्रिपाल १२/१८, तातो पानी राख्ने (हट वाटर ब्याग), डसना, ऊनको टोपी, बाक्लो मोजा, ऊनको स्वीटर, भित्री न्यानो कपडा(थर्मोकोट सेट), बाक्लो ज्याकेट, बाक्लो टाउजर, बच्चाको न्यानो कपडा(जम्पर), ऊनको पन्जा, चप्पलहरु CVA कार्डका माध्यमबाट लाभग्राहीहरुको छनोट अधारमा वितरण गरिने माण्डवीका कार्यक्रम सँयोजक मुनिलाल बैठाले जानकारी गराउनु भएका छन् । चिसो र शितलहतको यो प्रतिकुल मौसममा माणडबीले गरिरहेको न्यानो राहत बितरन कार्यको जति सराहना गरेपनि कम ह

२०८० माघ १२ शुक्रबार, राति ८:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । मधेस प्रदेश कै लोकप्रीय संस्था माण्डवीले रौतहटमा राहत वितरणको कार्य द्रुत गतिमा अगाडि बढाएको छ।
माण्डवीको अगुवाई र एफ सी डी ओ र स्टार्ट फण्ड नेपालको आर्थिक सहयोग तथा मरसी कर्पसको प्राविधिक सहयोगमा शीत लहर परियोजना अन्तर्गत चिसोबाट प्रभावित घरपरिवारहरुलाई माण्डवीले शुक्रबार देखि राहत वितरण गर्ने कार्य शुरु गरेको हो ।
रौतहट जिल्लाका गौर नगरपालिका, परोहा नगरपालिका तथा ईशनाथ नगरपालिका र सर्लाही जिल्लाका धनकौल गाँउपालिकामा गरी ४ वटा पालिकाहरुका शीत लहर परियोजना अन्तर्गत करिब ५०० जनालाई राहत वितरण गर्ने कार्यक्रम रहेको सँस्थाको अध्यक्ष अन्जु झाले बताएकि छन् ।
राहत वितरण कार्यक्रम अन्तर्गत माण्डवीले शुक्रबार परोहा नगरपालिकाको १ नं. वडाका ३१ जना घरपरिवारबाट वितरण गरेको बताउदै अध्यक्ष झाले शील लहरबाट राहत कार्यक्रम अन्तर्गत २ चरणमा राहत वितरण हुने प्रष्ट पारिन् ।
पहिलो चरणमा करिव रु. ८००० बराबरको न्यानो कपडा तथा दोस्रो चरणमा रु।६५०० बराबरको खाधान सामाग्रीहरु वितरण हुने माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी गराउनु भएका छन् ।
राहत सामाग्रीहरुमा ज्याकेट, उनीका सुईटर, उनीका मोजा, थर्मश, तातो पानी राख्ने थर्मस , सिरक(फोम) २ केजी, सिरक(कपास) ६ देखि १० केजी, पि फम ( ६.५ फिट लम्वाई), त्रिपाल १२/१८, तातो पानी राख्ने (हट वाटर ब्याग), डसना, ऊनको टोपी, बाक्लो मोजा, ऊनको स्वीटर, भित्री न्यानो कपडा(थर्मोकोट सेट), बाक्लो ज्याकेट, बाक्लो टाउजर, बच्चाको न्यानो कपडा(जम्पर), ऊनको पन्जा, चप्पलहरु CVA कार्डका माध्यमबाट लाभग्राहीहरुको छनोट अधारमा वितरण गरिने माण्डवीका कार्यक्रम सँयोजक मुनिलाल बैठाले जानकारी गराउनु भएका छन् ।
चिसो र शितलहतको यो प्रतिकुल मौसममा माणडबीले गरिरहेको न्यानो राहत बितरन कार्यको जति सराहना गरेपनि कम हुने परोहा नगरपालिकाको मेयर शेख वकिलले बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…