महेन्द्रनारायण नीधि विपन्न आवास योजनाबाट ८० विपन्न परिवारलाई घर हस्तान्तरण
निर्माण गरिएको सबै घरहरु पूर्णरुपमा ईन्सपेक्सन गरी मात्र हस्तान्तरण गरिएको साइट इन्चार्ज सुमित कुमार चौधरी र पँकज कुमार झाले बताए । उनीहरु आफैँ सबै भवन निर्माणमा निगरानी राखेको बताए ।

२०७९ माघ ७ शनिबार, राति ८:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महेन्द्रनारायण नीधि विपन्न आवास योजना अन्तर्गत मधेश प्रदेशको विभिन्न जिल्लामा ८० घरपरिवारलाई घर हस्तान्तरण गरिएको छ ।
मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको महेन्द्रनारायण नीधि विपन्न आवाज योजनामा प्रदेशको विभिन्न जिल्लामा ८० घरपरिवारलाई आवास हस्तान्तरण गरिएको हो ।
सहरी विकास तथा भवन कार्यालय धनुषाबाट आयोजित मुख्य काम अन्तर्गत धनुषा ,महोत्तरी र सर्लाही गरि तीन जिल्लामा अहिलेसम्म ८० ओटा घर तयार पारेर हस्तान्तरण समेत गरिसकेको जनाइएको छ ।

सो आवाज अन्तर्गत विपन्न परिवार पहिचान गरी दुई वटा रुम, एक किचन (भान्सा घर), एक शौँचालयको भवन ८० घर परिवारलाई हस्तान्तरण गरिएको हो ।
निर्माण गरिएको सबै घरहरु पूर्णरुपमा ईन्सपेक्सन गरी मात्र हस्तान्तरण गरिएको साइट इन्चार्ज सुमित कुमार चौधरी र पँकज कुमार झाले बताए । उनीहरु आफैँ सबै भवन निर्माणमा निगरानी राखेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…