ठगी, बेइमानी र भ्रष्टाचारी गरेको भन्दै राजदुतमा सिफारिस भएका डा. रामस्वार्थ रायविरुद्ध उजुरी
राय सत्तारूढ गठबन्धनमा जनता समाजवादी पार्टीको भागमा परेर डेनमार्कको राजदूतमा सिफारिस भएका हुन् ।

२०७९ बैशाख ११ आइतबार, बिहान ९:०१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको धनुषा साईन्स क्याम्पसमा हुँदा ठगी, बेईमानी र भ्रष्टाचार गरेको भन्दै राजदुतमा सिफारिस भएका प्राध्यापक डा. रामस्वार्थ राय (राय सर) विरुद्ध सँसदीय सुनुवाई समितिमा उजुरी परेको छ ।
जनकपुरधामको धनुषा साईन्स क्याम्पसमा ठगी कार्यमा संलग्न रहेको भन्दै धनुषा साईन्स क्याम्पसकी सँचालक हिमाली शाहले डा. रायविरुद्ध प्रतिनीधिसभाको सँदसीय समितिमा उजुरी गरेकी हुन् ।
ठगी, बेईमानी, भ्रष्टाचार गरेको व्यक्ति राजदूतजस्तो पदमा उपयुक्त छैन भन्दै क्याम्पस सँचालक शाहले सँसदीय समितिमा उजुरी गरेकी हुन् ।
जनकपुरमा धनुषा साईन्स क्याम्पस सञ्चालनका क्रममा र सञ्चालक अध्यक्षका बेला आफूलाई ठगेको, कागजात लुकाएको, आफैलाई थाहा नदिई अन्यत्र खाता खोलेर कारोबार गरेको, क्याम्पसमा बेइमानी र भ्रष्टाचार गरेकोलगायतका आरोप उजुरीमा उल्लेख गरेकी छन् ।
https://enewsbureau.com/news-details/8571/2020-09-04
डा. रायले त्रिभुवन विश्वविद्यालयको प्रधानाध्यापक÷क्याम्पस प्रमुख हुँदाहुँदै त्रिभुवन विश्वविद्यालयको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० (संशोधनसहित) को नियम ६९ विपरीत कुनै पनि निजी क्याम्पसको सञ्चालक समितिमा बस्न नपाउने कानूनी व्यवस्थाविपरीत बसेर ठगी गरेको पनि उजुरीमा उल्लेख छ ।
डा. रामस्वार्थ रायले धनुषा साईन्स क्याम्पसको सञ्चालक समितिमा रहँदा बखत लेखापरीक्षण (अडिट रिपोर्ट) ले देखाएका आर्थिक अनियमितताहरूको विवरण झल्काउँदै रायलाई कारवाही गर्नको लागि गरिएको अन्य उजुरी, प्रयासहरुको बारेमा समेत ९ पृष्ठको लामो उजुरीमा उल्लेख छ ।
उजुरीको अन्तमा लेखिएको छ, ‘निजले भ्रष्टाचार तथा ठगी गरेको हुँदा सोउपर अख्तिययार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन भइरहेको छ भने सोही विषयमा जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला सरकारी वकिल कार्यालय धनुषामा निजउपर ठगीको जाहेरी परेको छ । यसरी रामस्वार्थ राय ठग र भ्रष्टाचारी भएकाले निज राजदूत हुन अयोग्य भै उपयुक्त छैन ।’
राय सत्तारूढ गठबन्धनमा जनता समाजवादी पार्टीको भागमा परेर डेनमार्कको राजदूतमा सिफारिस भएका हुन् ।
मधेश प्रदेशको सर्लाही स्थायी बासिन्दा रहेका डा.राम स्वार्थ राय जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ कदमचोकस्थित घर बनाएर बस्दै आएका छन् ।
वि.सं. २०७० सालको चुनावमा उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरमबाट साबिक धनुषा निर्वाचन क्षेत्र नम्बर ४ (हाल ३) बाट चुनाव लडदा भारी मतले हारेका थिए ।
.jpg)























टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…