पहलवानी मधेशको गौरव, देवा थापा नेपालको शानः नेता बरबरिया
चैते दुर्गा मेलामा आयोजना गरिएको सो दँगल प्रतियोगितामा भोली सोमबार हुने अन्तिम पहलवानी खेलको लागि वीरगँजका चर्चित पहलवान नरेश गिरी, राजा पहवान, देवा थापा, लक्की थापा, हरिहर थापासहित भारत दिल्लीको केसरी रेल्वे टीटी भनिने नरेश पहलवान तथा हरियाणाको केसरी मोहम्मद साबेज सहभागी भएका छन् ।
२०७८ चैत २७ आइतबार, राति ९:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) धनुषाका ईन्चार्ज एवम् केन्द्रीय सदस्य योग कुमार बरबरिया (श्रवण बरबरिया) ले पहलवानी मधेशको गौरव रहेको बताएका छन् ।
आईतबार धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर २ बतराहीको कमलपोखरी स्थित आयोजना गरिएको विराट दँगल प्रतियोगितालाई उदघाटन गर्दै नेता बरबरियाले पहलवानी बाबा पूर्खाको पालोदेखि नै चलिआएको बताउँदै यसको उचीत सँरक्षण नहुँदा पहलवानी लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे ।
विभिन्न ठाउँबाट आएका दिग्गज पहलवानहरुलाई हौसला बढाउँदै नेता बरबरियाले हारजीतको बीचमा आपसी सदभाव कायम राख्न आग्रह गर्दै माओवादी पार्टीले निमुखा, गरिब, अल्पसँख्यक, दलितको हकहितको लागि जनयुद्ध गरेको सुनाए ।
चैते दुर्गा मेलामा आयोजना गरिएको सो दँगल प्रतियोगितामा भोली सोमबार हुने अन्तिम पहलवानी खेलको लागि वीरगँजका चर्चित पहलवान नरेश गिरी, राजा पहवान, देवा थापा, लक्की थापा, हरिहर थापासहित भारत दिल्लीको केसरी रेल्वे टीटी भनिने नरेश पहलवान तथा हरियाणाको केसरी मोहम्मद साबेज सहभागी भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
नरेश बरबरिया
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…