बेबारिसे फेला परेको शिशुको नर्सहरुले गरिन अस्पतालमै छठीहार (न्वारण), के राखियो नाम ?
बेबारिसे भेटिएको सो शिशुलाई गोद लिनको लागि दर्जनौ व्यक्ति आतुर भएका छन् ।

२०७८ मंसिर २६ आइतबार, बेलुकी ६:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित बेबारिसे अवस्थामा फेला परेको नवजात शिशुको आईतबार अस्पतालमै न्वाराण अर्थात छठिहार गरिएको छ ।
सिरहा अस्पतालका नर्सहरुले अस्पतालमै न्वारण कार्यक्रमको आयोजना गरी बेबारिसे भेटिएको शिशुको नामाकरण गरिदिएकी हुन् ।
गत मँसिर २१ गते सिरहाको धनगढीमाई नगरपालिकाको जिरोमाईलस्थित बेबारिसे फालिएको अवस्थामा फेला परेको शिशुको नाम आभाष राज नामाकरण गरिएको हो ।
बेबारिसे भेटिएको सो शिशुलाई गोद लिनको लागि दर्जनौ व्यक्ति आतुर भएका छन् । उनको आईतबार नै सिरहा अस्पतालका कर्मचारीहरुले नामाकरण गरी आभाष राज राखेको हो ।
अस्पालको कर्मचारी तथा नर्सहरुप्रति कृतज्ञता व्यक्त गर्दै सिरहाका पत्रकार देव कुमार यादवले उनीहरुप्रति आभार प्रकट समेत गरेका छन् ।
उनले समाजिक सँजाल फेसबुक मार्फत “नवजात शिशुको सिराहा अस्पतालका नर्सहरू द्वारा नामाकरण तथा न्वराण (छ्ठीहार) कार्यक्रम को आयोजना , बच्चाको नाम आभाष राज नामाकरण तथा विधिपूर्वक छ्ठीहार कार्यक्रम आयोजना गर्ने सिराहा अस्पताल का नर्सहरू प्रति हार्दिक आभार तथा बधाई । सिराहा अस्पताल ,सिराहा” भनेर लेखेका छन् ।
ती बच्चालाई गोद लिन चाहने अभिभावकले कागजी प्रक्रिया पुरा गरी गोद लिन सक्ने जनाइएको छ । प्रक्रिया र कागजातहरु बारे यहाँ क्लीक गर्नुहोस् ।
बेबारिसे बच्चालाई गोद लिनको लागि यी कागजातहरु अनिवार्य (enewsbureau.com)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…