बेबारिसे बच्चालाई गोद लिनको लागि यी कागजातहरु अनिवार्य
प्रक्रियाबारे सोधपुछ गर्दा स्थानीय प्रशासनसँग न्यूज ब्यूरोले समन्वय गरी कागज प्रक्रियाबारे सोधेको थियो ।

२०७८ मंसिर २६ आइतबार, दिउँसो ४:५८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । केही दिनअघि सिरहामा बेबारिसे अवस्थामा एक नवजात शिशु फेला परेपछि गोद (Adopt) लिनको लागि धेरै जना उत्सुक्ता जनाएपछि प्रशासनले केही कागजी प्रक्रियाहरु सार्वजनिक गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले आईतबार एक सूचना जारी गर्दै कुनै बेबारिसे बच्चालाई गोद लिनको लागि अर्थात पालन पोषण गर्नको लागि विभिन्न प्रक्रिया र कागजाहरु उपलब्ध भए मात्र बच्चा दिने जनाएको छ ।
सूचनामा गत मँसिर २१ गते सिरहाको धनगढीमाई नगरपालिकाको जिरोमाईलस्थित फेला परेको बेबारिसे बच्चालाई गोद लिनको लागि विभिन्न ठाउँबाट व्यक्तिहरुले प्रशासनमा सम्पर्क गरेपछि प्रक्रियागत र कागजातहरु उपलब्ध गराएपछि छनौटको आधारमा मात्र बच्चा जिम्मा लगाउने सूचना जारी गरेको छ ।
जसको लागि बच्चालाई गोद लिन चाहने व्यक्तिको जग्गा जमिन, आर्थिक स्थिति र आम्दानीको श्रोत खुलाउन भनिएको छ । कागजातहरुमा घरमा बच्चा भएको, नभएको वा कहिलेदेखि नभएको , विवाहदर्ता सहित बच्चा हुने वा नहुने मेडिकल रिपोर्ट समेत पेश गर्न भनिएको छ ।

यसका साथै, परिवारिक सँस्कारको साथै बच्चा लिन चाहने व्यक्तिको शैक्षिक प्रमाण पत्र समेत पेश गर्न भनिएको छ । प्रशासनले एउटै बच्चाको लागी दर्जनौ व्यक्ति गोद लिन ईच्छुक भएको जनाउँदै सो कागजी प्रक्रियाहरुको बारेमा सूचना जारी गरेको हो ।
बच्चा लिनको लागि उनको चालचन, दीर्घ रोगी हो वा होईन भने निरोगिताको प्रमाणपत्र, स्थानीय तहको सिफारिस समेत पेश गरेपछि छनौटको आधारमा मात्र बच्चा जिम्मा लगाउने भनिएको छ ।
बच्चा गोद लिन चाहने व्यक्तिको उमेर हद समेत तोकिएको छ । जसमा २१ बर्ष नाघेको र ५१ वर्षभन्दा कम उमेर भएको व्यक्तिले मात्र बच्चाको लागि निवेदन दिन पाउने उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहामा आईतबार बसेको बैठकबाट सो कागजातहरु पेश गरेपछि छनौटको आधारमा मात्र बच्चा जिम्मा लगाउने निर्णय गरिएको हो । अभिभावक छनौटको लागि माग गरिएको कागजपत्रहरु अनिवार्य पेश गरे विचार गरी मात्र बच्चा जिम्मा लगाउने भनिएको छ ।
सिरहाको जिरोमाईलस्थित बेबारिसे अवस्थामा बच्चा भेटाएपछि न्यूज ब्यूरोले सोको भिडियो प्रसारण गरेपछि दर्जनौ व्यक्तिले बच्चालाई गोद लिनको लागि प्रक्रियाबारे सोधपुछ गर्दा स्थानीय प्रशासनसँग न्यूज ब्यूरोले समन्वय गरी कागज प्रक्रियाबारे सोधेको थियो ।
बच्चाको भिडियो समाजिक सँजालमा राखेपछि करिब ९० हजार जना व्यक्तिले सो भिडियो देखेका हुन् । निःसन्तान व्यक्तिहरुले बच्चालाई गोद लिनको लागि उत्सुकता देखाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…