जसपाका कार्यकर्ता यादवलाई आकाश होस की पाताल जहाँबाट पनि समात्छौँः डा. सिके राउत
वडा नं. ५ मा जनता समाजवादी पार्टी (जसपा) का वडाध्यक्ष रहेका छन् ।

२०७८ असोज २० बुधबार, बिहान ७:३९ बजे१ मिनेट पढाइ
वडा नं. ५ मा जनता समाजवादी पार्टी (जसपा) का वडाध्यक्ष रहेका छन् ।

२०७८ असोज २० बुधबार, बिहान ७:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जनता समाजवादी पार्टीका एक कार्यकर्तालाई कानुनी दायरामा ल्याउन प्रशासनसँग माग गरेका छन् ।
जनमत पार्टीका सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर ५ का जनमत पार्टीका वडा अध्यक्ष ज्ञान कुमार यादवलाई जनता समाजवादी पार्टीका कार्यकर्ता नागेन्द्र यादवले फोन मार्फत ज्यान मार्ने धम्की दिएको समाचार न्यूज ब्यूरोमा प्रकाशित भएपछि झण्डै एक महिनापछि कारवाहीको माग गरिएको छ ।
कल्याणपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष दीपेन्द्र बरबरिया (यादव) को भतिजो समेत रहेका नागेन्द्र यादवले जनमत पार्टीका वडा सभापति ज्ञान कुमार यादवलाई फोन गरी गोली हान्ने धम्की दिएको अडियो सार्वजनिक भएको थियो ।
वडा नं. ५ मा जनता समाजवादी पार्टी (जसपा) का वडाध्यक्ष रहेका छन् । सो वडामा डा. सिके राउत नेतृत्वको जनमत पार्टीको सँगठन विस्तार गरिरहँदा वडाध्यक्ष बरबरियाका भतिजोले उनलाई ज्यान मार्ने धम्की दिएको थियो ।
डा. राउतको अधिकारिक फेसबुक पेज (सचिवालय) मा आकाश वा पाताल जहाँ भएपनि जसपाको यादवलाई खोजेर ल्याउन भनिएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी र एसपी समक्ष यादवको पक्राउको लागि ज्ञापन पत्र दिइने समेत जनाइएको छ ।
“प्रशासनलाई ४८ घंटाको अल्टिमेटम पनि दिनेछ। यदि ४८ घंटा भित्रमा यो मान्छे पक्राऊ परेन भने र यदि यो मान्छे नेपालकै सरहद भित्र छ भने, चाहे जुनसुकै दूलोमा लुकेको होस्, जनमत पार्टीका कार्यकर्ताहरू उसलाई आफैं खोजेर प्रहरी समक्ष उपस्थित गराउन बाध्य हुनेछ।” भनेर लेखिएको छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


प्रमुख समाचार

प्रमुख समाचार

प्रमुख समाचार

प्रमुख समाचार
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…