प्रदेश २ः पूर्व पश्चिम राजमार्गमा गुडिरहेको ट्रिपरमा आगलगी, जलेर ध्वस्त (भिडियो सहित)
गुडिरहेको ट्रिपरमा आगलगी कसरी भएको बारे कुनै सुराक पत्तो लागेको छैन भने यसबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाइएको छ ।
२०७८ असार ९ बुधबार, बिहान १०:२२ बजे१ मिनेट पढाइ

सुजित यादव, सिरहा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत गुडिरहेको एक ट्रिपरमा अचानक आगलगी हुँदा ट्रिपर जलेको छ ।
प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित पूर्व पश्चिम राजमार्गमा गुडिरहेको ट्रिपरमा भएको अचानक आगलगीले ट्रिपर जलेर ध्वस्त भएको हो ।
धनुषाको ढल्केवरबाट सिरहाको चोहर्बा तर्फ जाँदै गरेको ना १ क ५५५१ नम्बरको ट्पिरमा सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १० प्रयागपुरस्थित आगलगी भएको हो । आगलगी भएपछि चालक कुदेका थिए भने उनी सकुशल रहेको छ ।
बालुवा बोकेर जाँदै गरेको ट्रिपरमा अचानक आगलगी भएको प्रहरीले जनाएको छ । राजमार्ग मै आगलगी भएपछि तत्कालै दमकल पनि उपलब्ध नभएको कारण आगो नियन्त्रणमा लिन नसकेर ट्रिपर जलेर ध्वस्त भएको हो ।
बीच राजमार्गमै ट्रिपर जलेपछि अवेशष हटाउन प्रहरीको टोली घटनास्थल पुगेको बताइएको छ । जेबिसीको साहाराले जलेको ट्रिपरलाई छेउ लगाउने कार्य भइरहेको बताइएको छ ।
गुडिरहेको ट्रिपरमा आगलगी कसरी भएको बारे कुनै सुराक पत्तो लागेको छैन भने यसबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सुजित यादव
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…