
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
पार्टीका अनुसार हालसम्म सरकार गठनका लागि कुनै दाबी गरिएको छैन । त्यस्तै, कुनै दलसँग समर्थन माग्ने वा कुनै पार्टीलाई समर्थन गर्ने अथवा नगर्ने विषयमा पनि कुनै सम्झौता भएको छैन ।

२०८३ कार्तिक १ आइतबार, बिहान ७:२१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच सहकार्य हुने चर्चा भइरहेका बेला जसपा नेपालले एमालेसँग मिलेर सरकारमा सहभागी हुने कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।
पार्टीले वर्तमान अवस्थामा एमालेसँग सहकार्य गरी सरकारमा सहभागी हुने विषयमा कुनै नीति नलिएको र कुनै पक्षसँग समझदारीसमेत नगरेको जनाएको छ । तत्काल सरकारमा सहभागी हुने सम्भावना पनि नरहेको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको भनाइ छ ।

अध्यक्ष यादवले बेग्लै प्रसङ्गमा खिचिएको तस्बिर प्रयोग गरी फेसबुक तथा अन्य सामाजिक सञ्जालमा गलत र भ्रामक प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ । पार्टीले यस्ता कपोलकल्पित, पूर्वाग्रही र झुटा प्रचारमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
पार्टीका अनुसार हालसम्म सरकार गठनका लागि कुनै दाबी गरिएको छैन । त्यस्तै, कुनै दलसँग समर्थन माग्ने वा कुनै पार्टीलाई समर्थन गर्ने अथवा नगर्ने विषयमा पनि कुनै सम्झौता भएको छैन ।
नेकपा (एमाले) ले मधेश प्रदेशको नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेशमा नयाँ सरकार गठनको राजनीतिक कसरत तीव्र बनेको छ । यसैबीच, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको समाचार सार्वजनिक भएको थियो ।

उक्त भेटवार्तापछि जसपा नेपालको नेतृत्वमा नयाँ सरकार गठन हुने र पार्टीका संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री बन्ने सम्भावनाबारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए । तर, जसपा नेपालका अध्यक्ष यादवले भने एमालेसँग सरकारमा सहकार्य गर्ने निर्णय वा समझदारी भइसकेको भन्ने दाबी अस्वीकार गरेको छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
कार्तिक २०८३
बुधबार · द्दितीया
तस्बिर: Toshiro lama / Wikimedia Commons / CC BY-SA 4.0बुधबार · द्दितीया
भाइटीका, किजा पूजा
भाइटीका, दीपावलीको दोस्रो दिनका रूपमा मनाइएको पर्व हो, जसमा दिदीहरूले आफ्ना भाइलाई लामो जीवन र समृद्धिका लागि टीका गर्नुलाई विशेष महत्व दिइन्छ। यो दिन दिदीहरूले भाइलाई मिठाई र माेलाईँ दिने परम्परा अनुसार मनाइन्छ। भाइटीकामा भाइको सुरक्षा र दिदीको माया प्रकट गर्ने एक विशेष अवसरका रूपमा यसलाई मनाइन्छ, जसका कारण यो पर्व भाई-बहिनीको सम्बन्धलाई अझ गाढा बनाउछ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
Advertisement
विज्ञापन गर्नुहोस्
५ लाख+ पाठकसम्म पुग्नुहोस्
२०८३ कार्तिक २५ बुधबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफन्तहरू मध्य रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पढाइमा प्रगति हुनाले आत्मविश्वास परिपूर्ण रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
व्यङ्ग्यात्मक कार्टुन
NB · २०८३ कार्तिक १४ शनिबार
ओ ब्रो !
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…