जनकपुरको राजदेवीमा आज दिउँसो ३ बजेसम्म मात्र खोईच भराई, साँझ ७ बजेदेखि बोकाबली
अहिलेसम्म राजदेवी मन्दिरको लागि १३ हजार बढी रसिद कटाईसेको जनाइएको छ । आज साँझदेखि बोकाको लाईनमा समेत रसिद काटने क्रम जारी रहने समितिले जनाएको छ ।

२०८३ कार्तिक १ आइतबार, बिहान ७:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरम आज सोमबार दिउँसो ३ बजेसम्म मात्र खोईच भराई कार्यक्रम चल्ने भएको छ ।
आयोजक महावीर युवा कमिटिका अनुसार दिउँसो ३ बजेसम्म खोईच भराई कार्यक्रम भई त्यसपछि मन्दिर सफाई, धुवाई कार्यक्रम गरिनेछ ।
महाअष्टमी तिथि भएकोले आज साँझ ७ः०० बजेदेखि बोकाबलीको कार्यक्रम राखिएको आयोजक समितिले जनाएको छ । यसपाली टाउको वापत प्रति टाउको रु. ३०० रुपैयाँ तोकिएको हो ।
अहिलेसम्म राजदेवी मन्दिरको लागि १३ हजार बढी रसिद कटाईसेको जनाइएको छ । आज साँझदेखि बोकाको लाईनमा समेत रसिद काटने क्रम जारी रहने समितिले जनाएको छ ।
बोकाबलीको लागि यसपाली समेत चार वटा ठेहा राखिएको भएको छ । विहानसम्म १५ हजारको हाराहारीमा बोकाबली हुने अनुमान गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।












टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…