धनुषाको यदुकूहा र सबैला क्षेत्रमा दुश्मनीले काटिदिए वल्डलिँक WIFI को फाईबर तार, उपभोक्ता प्रभावित
कुनै ईन्टरनेट कम्पनीका कर्मचारीहरुसँग मात्र हुने प्राफेश्नल कटरले तार काटिएको दाबी गरिएको छ । चाडपर्व बेलामा तार काटेर उपभोक्तलाई दिक्क लगाउन खोजेको बुझाई उनको छ ।

२०८३ असोज ३० शुक्रबार, बिहान १०:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । देशको सबभन्दा अधिक उपभोक्ता रहेको वल्डलिँक कम्यूनिकेशन ईन्टरनेटलाई धनुषाको कैयौँ ठाउँमा फाईबार तार काटिदिएको छ ।
दशैँमा ईन्टरनेटका कर्मचारीहरु विदा हुने भएपछि दुश्मनीले अर्को ईन्टरनेट सेवा प्रदायकका कर्मचारीले फाईबार तार काटिदिएको आरोप वल्डलिँक कर्मचारीको छ ।
गत बर्ष समेत चाडपर्वकै बेला पूर्वी धनुषाको विभिन्न स्थानमा वल्डलिँक वाईफाईको तार काटिदिएको थियो । यसपाली समेत चाडपर्वको बीचमा ईन्टरनेटको तार काटिदिएको हो ।
वल्डलिँकको तिनकोरिया र सबैला शाखाका अनुसार, सबैलाको सतोषरमा र शहिदनगरको यदुकूहामा फाईबार तार काटिदिएको हो । गएराती नै तार काटिदिँदा ईन्टरनेट सेवा अवरुद्ध भएको छ ।
गएरातीदेखि नै विभिन्न स्थानमा फाईबरको तार काटिदिएको तिनकोरिया शाखाका व्यवस्थापक सरोज शर्माले जानकारी दिए । उनका अनुसार, तार काटिएको स्थानमा प्रोफेश्नल टुल प्रयोग गरिएको हो ।
कुनै ईन्टरनेट कम्पनीका कर्मचारीहरुसँग मात्र हुने प्राफेश्नल कटरले तार काटिएको दाबी गरिएको छ । चाडपर्व बेलामा तार काटेर उपभोक्तलाई दिक्क लगाउन खोजेको बुझाई उनको छ ।
सो क्षेत्रम सुबिसु लगायत अन्य लोकल ईन्टरनेट सेवा प्रदायकहरुले सेवा प्रदान गर्दै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…