नेपाल रेल्वेबाट खुल्ला तस्करी, तस्करलाई सशस्त्र प्रहरीको सहयोग, रेलको चालक कक्षसम्म तस्करको पहुँच
कक्षबाट हुन सक्ने अराजक गतिविधि, हाईजैकिँग, संवेदनशिल बटन थिच्ने जस्ता घटनालाई मूर्तरुप दिन सक्ने सुरक्षा खतरा

२०८३ असोज २९ बिहीबार, बिहान ८:३४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जयनगर जनकपुरदेखि बिजलपुरासम्म चल्ने नेपाल रेल्वेबाट सशस्त्र प्रहरीको संरक्षणमा तस्करी भईरहेको पाईएको छ ।
पोकामा घरायसी समान ल्याउने सर्वसाधारणको समान खोस्ने सशस्त्र प्रहरी रेल्वे सुरक्षा बेसले तस्करलाई भने सम्मानपूर्वक व्यवहार गरी गन्तव्यसम्म पुरयाउने गरेको पाईएको छ ।
भारतको जयनगरबाट विभिन्न समानहरु ल्याएर नेपालको विभिन्न स्टेशन, हल्टमा झार्ने गरेको पाईएको छ । नेपाल रेल्वेमा एक नामुद महिला तस्करको रजगज चलेको छ । रेल्वेबाट हुने तस्करीको मुख्य नाईके मानिएकी ती महिला तस्करको पहुँच रेल्वेको संवेदनशिल कक्षसम्म रहेको पाईएको छ ।
रेल्वे सुरक्षा बेसका सुरक्षाकर्मीले महिनबारी बुझाउने तस्करलाई सम्मानपूर्वक स्कटिँग गरेर समान पुरयाईदिने गरेको पाईएको छ । न्यूज ब्यूरोले गरेको गोप्य अपरेशनको क्रममा रेल्वे सुरक्षा बेसका प्रहरीसँग मिलोमत्तो भएका व्यापारी, तस्करले समान राख्ने निश्चित बोगी छुटयाईएको हुन्छ ।
तस्विरमा कालो पहिरनमा रहेकी महिला तस्कर बताईन्छ । उनले रेलबाट हुने तस्करीको सिन्डीकेट चलाईरहेको नियमित यात्रा गर्ने केही सरकारी कर्मचारीहरु बताउँछन् । जनकपुरबाट विभिन्न पालिकासम्म आउजाउ गर्ने कर्मचारीहरुका अनुसार, तोकिएको तस्करको समान कहिलेकाही सशस्त्र प्रहरी आफैँ उठाएर राख्छन् भने गन्तव्यमा आफैँ फाल्ने पनि गरेको देखिएको छ ।
जयनगरबाट आउने तस्करीको आधा समान ईनरबा बोर्डरमै डाउनलोड गर्ने गरिन्छ । बाँकीका समानहरु जनकपुरसम्म पुरयाउने गरिन्छ ।
यस सन्दर्भमा रेल्वे सुरक्षा बेसका डिएसपी मनिकर्ण राईले भने रेल्वेबाट कुनै तस्करी भैनरहेको दाबी गरे । उनले आफ्ना कर्मचारीहरुलाई पूर्णरुपमा कडाईका साथ चेकजाँच गर्न निर्देशन बमोजिम नै भईरहेको बताए ।
रेल्वेका संवेदनशिल कक्षसम्म तस्करको पहुँच रहेको सन्दर्भमा डिएसपी राईले भने त्यो आफ्नो जिम्मेवारी नरहेको प्रष्टयाए । यद्यपी, रेल्वे सुरक्षा बेस रेलको सुरक्षाको लागि खटिएको बताईन्छ ।
रेलको संवेदनशिल कक्षबाट हुन सक्ने अराजक गतिविधि, हाईजैकिँग, संवेदनशिल बटन थिच्ने जस्ता घटनालाई मूर्तरुप दिन सक्ने सुरक्षा खतरा हँुदाहुँदै तस्करले भने कक्षसम्म पहुँच पाएको तस्विर हेर्न सकिन्छ ।
यस सन्दर्भा डिएसपी राईले भने यात्रुको अत्यधिक चापको कारण सो कक्षमा गएको हुन सक्ने बताए । चापकको कारण चालकका कोकपिटसम्म पहुँच सुरक्षाको दृष्टिकोणले अत्यन्त गम्भिर मानिन्छ ।
नेपाल रेल्वेका महाप्रबन्धक प्रवेश पराजुली भेटन चाहेनन् । समाचारको लागि खोजबिन भईरहँदा कर्मचारीहरुले जानकारी गराएपछि उनी कक्ष छाडेर बाहिर निस्के भने कुनै कर्मचारीले सम्पर्क नम्बर समेत उपलब्ध गराउन चाहेनन् । न्यूज ब्यूरोको सोधपुछ पछि रेल्वे सुरक्षा बेस र नेपाल रेल्वेको कर्मचारीहरु एक्टीभ भएका थिए ।
रेल्वेबाट हुने गतिविधिको बारेमा केही कर्मचारीहरुले समेत सरकारको सुरक्षा निकाय, हेलो सरकार, प्रधानमन्त्री कार्यालयमा उजुरी गरेको बताईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…