जिरोमाईलको बिरयानी पसलमा पैसाको विवाद हुँदा आफ्नै साथीलाई हाने गोली, केही बेरमै मृत्यू !
आरोपी असगरले मंगलले आफूसँग पैसा लिएको र लामो समयदेखि फिर्ता गर्न आलटाल गर्दै आएको दाबी गरेका छन् ।

२०८३ कार्तिक २९ आइतबार, बिहान १०:४५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, भारत । भारतको बिहारस्थित अररियामा पैसाको लेनदेनसम्बन्धी विवाद हुँदा एक युवकले आफ्नै साथीको गोली हानी हत्या गरेका छन् ।
शुक्रबार (नोभेम्बर १३) भारत बिहारको अरररियाको जिरोमाईलस्थित आलम बिरयानी हाउसमा खाना खान बसेका मोहम्मद असगरले २५ वर्षीय मंगल कुमारमाथि गोली प्रहार गरेका हुन् । असगरले टाउकोमा गोली हानेपछि गम्भीर घाइते भएका मंगलको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रहरीका अनुसार दुवै जना सँगै खाना खान बसेका बेला पैसाको लेनदेनलाई लिएर विवाद सुरु भएको थियो । विवाद बढ्दै गएपछि असगरले पिस्तोल निकालेर मंगलमाथि गोली चलाएका थिए ।
आरोपी असगरले मंगलले आफूसँग पैसा लिएको र लामो समयदेखि फिर्ता गर्न आलटाल गर्दै आएको दाबी गरेका छन् ।
घटनापछि प्रहरीले असगरलाई पक्राउ गरेको छ । उनको साथबाट घटनामा प्रयोग भएको पिस्तोल र एउटा खाली कारतुससमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
मृतक मंगल कुमार विवाहित थिए । उनका श्रीमती र तीन सन्तान छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…